शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सीताका पाँच साइनो

सीताका पाँच साइनो

  • शुक्रबार, चैत्र २८, २०७६
सीताका पाँच साइनो

१.
देशकाे प्रेममा म
यत्तिकै पो अल्झिएछु
ब्याकुल प्रहरमा पनि ।
२.
स्वस्थ जीन्दगी नै हाे
अनमाेल सम्पत्ति त
अाफ्नाे ख्याल आफैले गरौं ।
३.
झरिरहेछ फूल
वियोगान्त कहानी झैं
दुनियाँ भयाे रनभुल्ल ।

यत्ति हाे हेर कथा
उकाली अनि अाेराली
रङ्गमञ्च याे जीन्दगीकाे ।
५.
काँचुली फेरे जस्तै
दुनियाँलाई छल्दैछ
जैविक रोग यो काेराेना ।
©-सीता पौडेल
बाँसगढी नगरपालिका-५,बर्दिया

चर्चामा

सम्बन्धित समाचार