बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना अपडेट : मृतकको संख्या ९५ हजारभन्दा बढी, के छ सार्क राष्ट्रको अवस्था ?

कोरोना अपडेट : मृतकको संख्या ९५ हजारभन्दा बढी, के छ सार्क राष्ट्रको अवस्था ?

  • शुक्रबार, चैत्र २८, २०७६
कोरोना अपडेट : मृतकको संख्या ९५ हजारभन्दा बढी, के छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९५ हजार नाघेको छ।

नेपाली समय अनुसार शुक्रबार बिहान ७ बजेसम्म कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ९५ हजार ५ सय ६ पुगेको छ।

इटालीमा मुत्यु हुनेको संख्या  १८ हजार २ सय ७९ पुगेको छ।

अमेरिकामा १६ हजार ९ सय ९१ जना मानिसको मुत्यु भइसेकेको छ।

स्पेनमा मुत्यु हुनेको संख्या १५ हजार ४ सय ४७ पुगेको छ।

फ्रान्समा १२ हजार २ सय १० को मुत्यु भइसको छ।

युकेमा ७ हजार ९ सय ७८ जना मानिसको मुत्यु भइसकेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १५ लाख ९६ हजार ४ सय ९६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्।

संक्रमित बिरामी उपचारपछि घर फर्किनेको संख्या ३ लाख ५४ हजार ६ पुगेको छ।

२४ घन्टामा संसारभर ८५ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ७ हजार भन्दा बढीको मुत्यु भएको तथ्यांक रहेको छ।

अमेरिकामा सबैभन्दा बढी मानिस  कोरोना भाइरसबाट संक्रमित भएका छन्। २४ घन्टामा मात्र अमेरिकामा ३३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने १ हजार ९ सयको मुत्यु भएको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ।

स्पेनमा संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ। इटालीमा १ लाख ४३ हजार ६ सय २६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

फ्रान्समा संक्रमितको संख्या १ लाख १८ हजार ७ सय ८३ पुगेको छ। जर्मनीमा संक्रमितको संख्या १ लाख १८हजार २ सय ३५ पुगेको छ।

सार्क देशमा कोरोना संक्रमितको संख्या कुन देशमा कति ?
भारतमा एकै दिन ८ सयभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४८ जनाको मुत्यु भएको तथ्यांक रहेको छ। योसँगै भारतमा ६ हजार ७ सय २५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। २ सय २६ जनाको मुत्यु भैसकेको छ। ६ सय २० जना निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा ४ हजार ४ सय ८९ जना मानिस संक्रमित भएका छन्। ६५ जनाको मुत्यु भइसेका छन् । ५ सय ७२ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

अफगानिस्तानमा ४ सय ८४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १५ जनाको मुत्यु भइसको छ।  ३२ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

बंगलादेशमा ३ सय ३० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। २१ जनाको मुत्यु भएको छ। ३३ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

श्रीलंकमा १ सय ९० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ७ जनाको मुत्यु भएको छ। ४९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

माल्दिभ्समा अहिलेसम्म १९ जना संक्रमित भएका छन्। १३ जना उपचारपछि  निको भएर घर फर्किसकेका छन्।

नेपालमा ९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

भुटानमा संक्रमितको संख्या ५ पुगेको छ।  २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

साभार स्वास्थ्य खबर

चर्चामा

सम्बन्धित समाचार