शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • स्वास्थ्कर्मीलाइ ६० प्रतिशत भत्ता दिने : अध्यक्ष शाही (भिडीयाे सहित)

स्वास्थ्कर्मीलाइ ६० प्रतिशत भत्ता दिने : अध्यक्ष शाही (भिडीयाे सहित)

  • शुक्रबार, चैत्र २८, २०७६
स्वास्थ्कर्मीलाइ ६० प्रतिशत भत्ता दिने : अध्यक्ष शाही (भिडीयाे सहित)

बाजुरा २८ चैत्र — बिश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला खटिएका स्वास्थ्यकर्मीहरुका लागि जगन्नाथ गाउँपालिकाले ६० प्रतिशत भत्ता दिने भएको छ । स्वास्थ्यकर्मीहरुको पद अनुसार जगन्नाथ गाउँपालिकाकमा ६० प्रतिशत भत्ता दिने निर्ण गरिएको जगन्नाथ गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् । बडिमालिका खवरको नियमित कार्यक्रम कोरोनाको कहरमा स्थानीय तहको भुमिका बिषायक अन्तबार्ताका कार्यक्रममा अध्यक्ष शाहीले यस्तो बताएका हुन । त्यसै गरि हाल बिश्वमा कोरोना भाइरस कोबिट १९ को संक्रमणले ग्रसित रहेको र यो समयमा स्वास्थ्यकर्मीहरु निकै जोखीममा रहेकाले स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न केही सघिंय सरकारले गरेको भए पनी गाउँपालिकाले पनी हौसला स्वरुप भत्ताको ब्यबस्थापन गरेको अध्यक्ष शाहीले बताए ।
त्यस्तै गाउँपालिकामा भोकमरीका कारण बाच्नका लागि राहतका बिभिन्न कार्यक्रमहरु ल्याइसकेको अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् ।
गाउँ गाउँमा कती मान्छे छन राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ भन्ने कुरामा सबै वडाअध्यक्ष देखी कर्मचारी सबै लागिपरेका छन् गाउँपालिका अध्यक्ष शाहीले बताए ।
बडिमालिका खवरको नियमित कार्यक्रम कोरोना कहरमा स्थानीयतहको भुमीका बिषायक कार्यक्रममा जगन्नाथ गाउँपालिका अध्यक्ष शाहीले यस्तो बताएका हुन । जिल्ला यतिबेला लकडाउनमा रहेको छ । राहत दिनु अगाडी हाल गाउँमा वडाअध्यक्षहरु वडा सचिवहरु तथ्याड्ढ संकलन भइरेको र केही दिनमा खान नपुग्ने दैनीक ज्यालामा काम गरि खानेहरुका लागी र हलियाहरुको लागि खाद्यन्नको ब्यबस्थापन गरिहरेको अध्यक्ष शाहीले बताएका छन् ।

https://www.youtube.com/watch?v=vpmnqN6bzFg&t=10s

कोरोना रोकथामका लागि रु २० लाख रकम विनियोजन ,३४ बेडको क्वारेन्टाइनको बेड स्थापना -पिलुचौर कैलास मा.वि र देवलकोट मा.वि.को प्रा.वि शाखामा राख्ने निर्णय भएकाे बताएका छन ।
३ ठाँउमा हेल्थ डेस्क स्थापना (पिलुचौर,जुड्डी र तल्लो काप्री)  भारत बाट आएका ५० जना व्यक्तिहरुको लगत संकलन र उनिहरुको निगरानि गरिएकाे बताए । लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेका प्रत्येक वडाका विपन्न परिवारको लगत संकलन गरि प्रतिघर धुरीलाई रु २,हजारका दरले राहत स्वरुप चामल,नुन र तेल वितरणका लागि वडा नं १ मा १४ घरधुरी,वडा नं २ मा १३,घरधुरी वडा नं ३ मा १०,घरधुरी वडा नं ४ मा १४ घरधुरी,वडा नं ५ मा १३ घरधुरी र वडा न ६मा १६ घरधुरी गरि जम्मा ८० घरधुरी छनौट गरिएका छन । जनप्रतिनिधिहरु बाट आफ्नो एक – एक महिनाको सुविधा कटाएर विपद व्यवस्थापन कोषमा रकम जम्मा गरीएकाे अध्यक्ष शाहीले बताए ।त्यसै गरी स्वास्थ्यकर्मिलाइ ६० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिनुका साथै औषधि खरिदका लागि रकम विनियोजन गरिएकाे बताएका छन् ।

 

चर्चामा

सम्बन्धित समाचार