• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भोलीबाट मात्र रेपिट टेस्ट सुरु हुने

बाजुरामा भोलीबाट मात्र रेपिट टेस्ट सुरु हुने

  • बिहिबार, चैत्र २७, २०७६
बाजुरामा भोलीबाट मात्र रेपिट टेस्ट सुरु हुने
जिल्ला स्वास्थ्य कार्यालय
  1. पदमबहादुर सिंह /बाजुरा २७ चैत्र– बाजुरा जिल्लाका बिभिन्न क्वारेन्टाईनमा राखिएको ब्यक्तिहको रेपिट टेस्ट सुरु हने भएको छ । आज दिउसो मात्र दिपायल स्वाब संकलनको लागि संचालिन स्वास्थ्यकर्मीहरु लाई तालिम दिन रेेपिट सहितको टोलि बाजुरा पुगेको छ । आज र भोली बाजुरा जिल्लामा उपलब्ध ल्याबका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने र भोलीबाट ‘ स्वाब’ संकलन कार्यसुरु हुने जिल्ला अस्पताल बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए ।
    बाजुरा जिल्ला नौ ओटा स्वारेन्टाईनमा राखिएका मानिसहरुको ‘ स्वाब’ संकलन गरिरहेको सहयाक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सदरमुकामको मालिका आबिमा राखिएकाहरुको भोली नै सकलन गरिने र अन्य टाढाको पर्सीसम्म पनि हुनसक्ने उनले जनाकारी दिए ।
    पहिलो चरणमा नौ ओटा स्थानिय तहका क्वारेन्टान्टाईनमा राखिएका १ सय १७ जनाको र क्वारेन्टाईनमा उपचारमा खटिएको स्वास्थ्यकर्मीहरुको  स्वाब नमूना संकलन गरिने जिला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृृष्ण पन्तले जानकारी दिए ।
    ‘ स्वाब’ संचालनका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानिय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका पन्तले बताए पहिलो चरणमा ३ सय थान भेटिएम किट जिल्लामा आएको छ ।
    बाजुरामा चैत्र १२ गते देखी हालसम्म बडिमालिका नगरपालिकाको मालिका माबिमा ३५ जना, कालिका आधारभूत बिद्यालयमा ३ जना, त्रिबेणी नगरपालिकाको तोली स्वास्थ्य चौकीमा १८ जना, बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चोकीमा ४ जना त्रिशक्ति माबिमा ८ जना, थुमा माबिमा २ राखिएका छन् । त्यसै गरि खप्तड छेडेदह गाउपालिकाको मष्टेश्वरी माबिमा ४ जना, स्वामीकार्तिक खापर गाउपालिका केन्द्र सुईजीउलामा ३४ जना र गौमुल गाउपालिकाको कृर्तिचौर माबिमा ९ जना गरि जम्मा १ सय १७ जना क्वारेन्टाईनमा राखिएको छन् ।

चर्चामा

सम्बन्धित समाचार