शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिम सरकारका ६ ओटा निर्णय : असहाय र मजदुरलाई १६ करोड राहत दिने

सुदूरपश्चिम सरकारका ६ ओटा निर्णय : असहाय र मजदुरलाई १६ करोड राहत दिने

  • बिहिबार, चैत्र २७, २०७६
सुदूरपश्चिम सरकारका ६ ओटा निर्णय : असहाय र मजदुरलाई १६ करोड राहत दिने

सुदूरपश्चिम प्रदेशको मन्त्री परिसदको बैठक सम्पन्न भएको छ । बैठकले ६ वटा निर्णयहरु गरेकाे छ । सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय तथा ज्यालादारी गरिखाने मजदुरका परिवारका लागि राहत प्याकेज ल्याएको छ। प्रदेशको आज बसेको मन्त्रीपरिषद्को बैठकले अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई तीन हजारका दरले राहत वितरण गर्न १६ करोड बजेट छुट्याएको हो। सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
निर्णय हरुः
१. अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारका लागी रु ३०००र का दरले १६ करोड स्थानिय तह मार्फत राहत सहयोग गर्ने ।
२. यस प्रदेसमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई थप  १५ लाखको र सन्चारकर्मी लाई १५ लाखको बिमा गर्ने साथै सबै अस्पतालमा बिकास समिति मातहत का स्वास्थ्यकर्मिको लागि पनि प्रोत्साहन भत्ता को ब्यबस्था गरिने ।
३. सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने ।
४. सबै जिल्ला प्रसासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना , ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागी १५ लाखका दरले ब्यबस्थापनको लागि रकम उपलब्ध गराउने ।

५. कोस सन्चालन निर्देसिका र राहत बितरण मापदण्ड पारित ।

६. प्रदेशमा फाल्गुन मसान्त सम्म तिर्नुपर्ने कर , सुल्क र दस्तुरको अबधि बैसाख मसान्त सम्म थप गर्ने ।

चर्चामा

सम्बन्धित समाचार