मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा एकैदिन १,२५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख पार

अमेरिकामा एकैदिन १,२५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख पार

  • मङ्लबार, चैत्र २५, २०७६
अमेरिकामा एकैदिन १,२५५ को मृत्यु, संक्रमितको संख्या साढे ३ लाख पार

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये ८ हजार ८ सय ७९ को स्थिती गम्भीर बताइएको छ ।

यद्यपि, यहाँ १९ हजार ६ सय ७१ संक्रमित निको भएर घर फर्किसकेका छन् । पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् । #साभार

चर्चामा

सम्बन्धित समाचार