बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

  • सोमवार, चैत्र २४, २०७६
मानिसबाट जनावरमा सर्यो कोरोना, चिडियाखानाको ४ बर्षे बाघमा भेटियो संक्रमण

काठमाडौं विश्वभर फैलिएको कोभिड १९ (कोरोना भाईरस) मानिसमा मात्र नभई जनवारमा समेत देखा पर्न थालेको छ । विश्वमा नै पहिलो पटक कोरोना भाईरस मानिसबाट जनवरमा सरेको पत्ता लागेको छ । अमेरिकाको ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले पहिलो पटक मानिसबाट जनवारमा उक्त भाईरस सरेको जानकारी दिएका छन् । अमेरिकाको न्युयोर्क सिटी कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ ।

चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड १९ भएको बताएका हुन । सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमणको कुनै लक्षण नदेखिएका सो चिडियाखानाका कर्मचारीको सम्पर्कमा आएपछि नादिया बिरामी परेकाले यो एउटा पृथक केस भएको विश्वास चिडियाखानाका प्रमुख भेटेनेरियन पल कालेले बताएका छन ।

उनका अनुसार नादियासहित चिडियाखानाका अन्य ३ बाघ र ३ सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बढी बिरामी नादियाको स्वास्थ्य परीक्षण गरेको थियो । नादियाको स्वास्थ्य परीक्षणमा कोभिड १९ पोजेटिभ देखिए पछि पल कालेले कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता लगाउन नसकेको जानकारी दिएका छन । यसअघि हङकङका केही जनावरहरूमा पनि कोभिड १९ परीक्षणको नतिजा ‘पोजेटिभ’ आएको थियो ।

पलले भने, ‘मानिसबाट जनावर संक्रमित भएर बिरामी परेको संसारमा हामीलाई थाहा भएको यो नै पहिलो पटक हो ।’ न्यू योर्क कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित भए पछि विरामी नादियाको एक्सरे, अल्ट्रासाउण्ड र रक्त परीक्षण गरेको थियो । उक्त चिडियाखाना मध्य मार्चबाट बन्द छ ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार