• होमपेज
  • समाज
  • डोटीमा हत्या गरिएकी युवतीको २५ दिन अघि मात्रै भएको थियो विवाह

डोटीमा हत्या गरिएकी युवतीको २५ दिन अघि मात्रै भएको थियो विवाह

  • सोमवार, चैत्र २४, २०७६
डोटीमा हत्या गरिएकी युवतीको २५ दिन अघि मात्रै भएको थियो विवाह

जोरायल : डोटीमा गोली हानेर हत्या गरिएकी युवतीको २६ दिन अघि मात्र विवाह भएको खुलेको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ को देउथलामा आईतबार दिउँसो ४ बजे घरमै गोली प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएकी अनिता वनको २५ दिन अघि मात्र विवाह भएको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिह देउवाले फागुन १३ गते उनका श्रीमान खडक वनले डडेल्धुराबाट भगाएर ल्याएको खुलेको बताए। उनका अनुसार फागुन २९ गते मात्र उनीहरुको विवाह भएको थियो। तर विवाह भएको २५ दिनमै अनिताको गोली प्रहार गरी हत्या भएको हो।

घरमा श्रीमानश्रीमती मात्र भएका बेला अनिताको हत्या भएको देखिएको छ। जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले भनिन्, ‘घटना हिजो दिउँसो ४ बजेतीरको रहेछ, बुबा नजिकैको पसलमा रहेछन्, आमा पनि अन्तै हुनुहुन्छ।’ उपाध्यक्ष बोहराका अनुसार हालै विवाह गरेका उनीहरु दुवैजना बिच मनमुटाव रहेको भने बुझिएको छैन्।

‘डडेल्धुराको भागेश्वर गाउँपालिकाबाट युवकले भगाएर ल्याएका रहेछन्।’ उनले भनिन्, ‘घरायसी काम पनि श्रीमान श्रीमती दुवै मिलेर गर्थे। तर त्यो घटना के कसरी भयो अनुसन्धान हुन जरुरी छ।’ युवतीको हत्या भएपछि डडेल्धुराबाट माईती पक्ष जोरायल पुगेका छन्। उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गरेका छन्।

मृतक युवतीका मामा जितेन्द्र नाथले घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गरिनुपर्ने बताए। नाथले दिनेश खबरसँग भने, ‘भर्खर ८ कक्षामा पढ्दै थिईन्, भागेर विवाह गरेको २५ दिनमै दुःखद खबर सुन्नुप¥र्यो। उहाँको हत्यामा संलग्नलाई कडा कारवाही हुनुपर्छ।’

केटासँग युवतीको कसरी सम्पर्क भएर विवाह भएको थियो भन्ने अहिले सम्म खुलेको छैन्। जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रमुख प्रहरी उपरिक्षक देउवाले मृतकका श्रीमानलाई भने नियन्त्रणमा लिईसकेको बताए। घटनाको अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

दिनेश खबरबाट

चर्चामा

सम्बन्धित समाचार