• होमपेज
  • बाजुरा बिशेष
  • उच्च ज्वरो पछि एक जना जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना

उच्च ज्वरो पछि एक जना जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना

  • आइतवार, चैत्र २३, २०७६
उच्च ज्वरो पछि एक जना जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना

पदमबहादुर सिंह /बाजुरा २३ चैत्र- कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराले एक जनालाई आईसोलेसन कक्षमा भर्ना गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिए पछि २० वर्षे एक जना युवकलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी चुडामणी पन्तले जानकारी दिएको छ । ज्वरो १ सय डिग्री भन्दा माथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको पन्तले जानकारी दिए । आईसोलेसनमा भर्ना गरिएका यूवकको अबस्था सामान्य रहेको बताईको छ ।
युवक होम क्वारेन्टाईनमा रहेका थिए । ज्वरो आएपछि आफै आईसोलेसनमा भर्नाको लागि आएको उनले बताए ।
आज एक्सरे गरियो सान्य देखिएको छ । भोली रगत जाच गर्ने त्यसपछि स्वाप नमुना परिक्षणका लागि निकाल्ने वा ननिकाल्ने भोली मात्र निर्णय हुने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिएका छन् । अन्य संक्रमण पनि हुनसक्छ । उपचार पछि मात्रै थाहा हुने उनले बताए ।
चैत्र १६ गते हल्का खोकी र ज्वरो आएको अवस्थामा जिल्ला अस्पताल आएका यूवकलाई उपचार पछि घर गएका थिए । बिचमा धनगढीबाट आएको साथिसंग भेट भएको र साथिको पनि हल्का खोकी लागेको थियो । त्यस पछि ज्वरो र शुख्खा खोकी बढेपछि फेरि जिल्ला अस्पताल आएकोले आईसोलेसनमा भर्ना गरेर उपचार थालिएको बिश्वकर्माले बताए ।

चर्चामा

सम्बन्धित समाचार