• होमपेज
  • बाजुरा बिशेष
  • संक्रमित पहिचन गर्न स्वस्थ्य स्वयं सेवकको आवस्यकता

संक्रमित पहिचन गर्न स्वस्थ्य स्वयं सेवकको आवस्यकता

मन्त्री सुवेदी भन्नुहुन्छ, एक गतेपछि मात्र सम्भब

  • आइतवार, चैत्र २३, २०७६
संक्रमित पहिचन गर्न स्वस्थ्य स्वयं सेवकको आवस्यकता

दयाराम पण्डित/ बाजुरा २३ चैत्र- विश्वमामहामारीका रुपमा फैलिएको कोरोनाभाईरस कोभिड १९ संक्रमित पहिचान गर्न बाजुरामाथप स्वास्थय स्वयंसेवकको आवस्यकता परेको छ। जिल्लामाकार्यरत २९६ वटा कर्मचारी आ–आफ्नो ड्युटीमा ब्यस्त छन् ।
“मौजुदाकर्मचारी हेल्थ डेस्क, क्वारेन्टाईन् स्वास्थ्य संंस्था, ज्वरो क्लीनिक र अतिआवस्यक स्वास्थ्य सेवाप्रबाहगर्न पुुगनपुुग छन् ।कार्यरत कर्मचारीलाई नै गाउँमा पठाई सम्भावित संक्रमितपहिचनागर्न नसकिने अबस्था छ । गाउँगाउँमापहिचानगर्न थपजनशक्तीको आवस्यकता परेको हो । ”जिल्ला स्वास्थय कार्यलय बाजुराका प्रमुख दयाकृष्न पन्तले भन्नुुभयो ।
बाजुराका नौ वटा स्थानीय तह त्यो पनि भौगोलिक विकटता एक वडावाट अर्को वडामा पुुग्न एक दिनको पैदल दुरी हिड्नुपर्नै बाध्यता छ । यतिवेला सयांै मानिस देश विदेश वाट घर आएका छन् । बाजुरामा १२ गते देखि हेल्थ डेस्कमा चेक जांच सुरु गरिएको हो ।हालसम्म ६ हजार ७ सय ६९ जनाको सामान्य स्वास्थ्य जांच गरेर घर पठाइएको छ । त्यो भन्दा अगाडी कयौ मानिस स्वास्थ्य परिक्षण नै नगरी घर पुुगेका छन् । विगत तिन महिना यता कति मानिस भित्रिए भन्ने तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय बाजुरासुंग छैन । तथ्याक संकलन गरी बाहरिबाट आएका संख्या एकिन गर्न गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गर्न आवस्यक छ ।
“तत्काललाई एक पालिकामा कम्तिमा पाँच जनाका दरले ४५ जना स्वास्थ्य स्वंसेवकको आवस्यकता छ । स्वास्थ्य जनशक्ती थपभएमा गाउँगाउँमा लगत संकलन विवरण ल्याउन सहज हुने बताइएको छ । स्वस्थ्य मापदण्ड अनुसार क्वारेनटाइनमा राख्नका लागि संक्रमित सम्भावित ब्यक्ती पहिचा नगर्न सामाजिक विकास मन्त्रालयमा स्वयंसेववको माग गरेका छौं । ”स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले भन्नुभयो ।
“गत चैत्र १२ गते यता ११४जना क्वारेटाइनमा राखेको केहीलाई होम क्वारेनटाइनमा राखेका छौं । कतिपय जिल्ला भित्र आएछन् भने कतिपय श्रमीहरु जिल्ला बाहरि पनि गएका छन् । कति आए कति गए त्यसको एकिन तथ्यांक छैन । ”जिल्ला प्रहरी कार्यालय बाजुराका सूचनाअधिकारी इन्स्पेक्टर दानवहादुर रोकायले जानकारी दिनुुभयो ।
कोरोना संक्रमण वाट सुदुरपश्चिप्रदेश प्रदेशका नागरिक बढि त्रसितभएको वेला स्वास्थय थप जनशक्ती ब्यबस्थापनमा के पहल भैरहेको छ ?भन्ने जिज्ञाषामा शुदुर पश्चिमप्रदेश सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुुबेदीले टेलिफोन सम्पर्कमा भन्नुभयो “ स्वयंसेवक राख्ने कुरा चलेको छ । माथिबाट पनि राख्ने कुरा भएको छ तर, यतिवेलाहामी लकडाउन कसरी सफलपार्ने भन्ने योजनाको छलफल मै छैं । नयां स्वास्थ्य स्वंसेवक राख्ने कुरा आउँदो बैशाख एक गते पछि मात्र सम्भब हुन्छ । ”

सनिवार मात्र सुदुर पह्श्चिमका कैलाली र कञ्चनपूर जिल्लामा थप तिन जना कोभिड १९ संक्रमित बिरामी पहिचान भएपछि हिजो अस्तीको भन्दा बाजुराको सदरमुकाम मार्तडीमा लकडाउन कडा पारिएको छ ।

चर्चामा

सम्बन्धित समाचार