• होमपेज
  • बाजुरा बिशेष
  • कोरोनाको आशंका ब्यक्तिको स्वाप परिक्षण रिपोर्ट नेगेटिभ

कोरोनाको आशंका ब्यक्तिको स्वाप परिक्षण रिपोर्ट नेगेटिभ

  • शनिबार, चैत्र २२, २०७६
कोरोनाको आशंका  ब्यक्तिको स्वाप परिक्षण रिपोर्ट नेगेटिभ

पदमबहादुर सिंह / बाजुरा २२ चैत्र- कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराको आईसोलेसनमा भर्ना गरिएका बिरामीको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको छ । गएको मंगलवार देखि कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिए पछि १६ वर्षे एक जना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।
ज्वरो १ सय डिग्री भन्दा माथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्माले बताए । उनको स्वाब नमुना परिक्षणका लागि प्रादेशिक प्रयोगशाला धनगढी पठाएको थियो धनगढी मेसिन जडान ढीलोका कारण काडमाण्डौ पठाएको बिश्वकर्माले जानकारी दिए । बुधबार स्वाब परिक्षणको लागि बाजुराबाट पठाएका थियौ चार दिन पछि रिर्पोट नेगेटिभ आउको उनले बताए ।
रिर्पो नेगेटिभ छ आईसोलेसनबाट डिस्र्चाज गरि वार्डमा शप्टि गरि अन्य चेकजाच गरेर घर पठाउने बिश्वकर्माले बताए ।
आइसोलेशनमा रहेका किशोर एक हप्ता अघि भारतवाट आएर गौमुल गाउँपालिकाले स्थापना गरेको कृर्तिचौर माबि स्थित क्वारेनटाइममा राखिएका थिए । अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट जिल्ला अस्पताल बाजुरामा उपचारको लागि पठाएको गौमुल गाउँपालिकाका अध्यक्ष हरीवहादुर रोकायाले बताए । आज रिर्पोट रिपोर्ट नेगेटिभ आएको रोकायाले बताए ।

चर्चामा

सम्बन्धित समाचार