शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • दोश्रो विश्वयुद्ध पछिकै तीब्र रफ्तारमा अमेरिकी अर्थतन्त्र खुम्चिने

दोश्रो विश्वयुद्ध पछिकै तीब्र रफ्तारमा अमेरिकी अर्थतन्त्र खुम्चिने

२ करोड १० जनाले जागिर गुमाउने

  • शनिबार, चैत्र २२, २०७६
दोश्रो विश्वयुद्ध पछिकै तीब्र रफ्तारमा अमेरिकी अर्थतन्त्र खुम्चिने

अमेरिकी बैंक मोर्गन स्टेनलीले कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्र सन् २०२० मा ५.५ प्रतिशतले खुम्चिने पूर्वानुमान गरेको छ।

उसले अमेरिकी अर्थतन्त्र सन् १९४६ पछि पहिलो पटक यसरी ओरालो लाग्ने जनाएको हो। कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र दोश्रो त्रैमासमा यसअघि अनुमान गरिए भन्दा ३८ प्रतिशतले कम हुने उसको अनुमान छ। स्टेनलीले कोरोना भाइरसका कारण परेको असरलाई ध्यानमा दिदैं नयाँ आर्थिक पूर्वानुमान सार्वजनिक गर्ने क्रममा शुक्रबार यस्तो बताएको हो।

यस अमेरिकी बैंकले पहिलो त्रैमासमा यसअघि गरेको आफूले गरेको २.४ प्रतिशतको संकुचन अब ३.४ प्रतिशत हुने जनाएको छ भने दोश्रो त्रैमासमा ३८ प्रतिशतको संकुचन आउने उसको अनुमान छ।

यसअघि उसले दोश्रो त्रैमासमा ३० प्रतिशत संकुचन हुने अनुमान गरेको थियो। यसैगरी बैंकले अमेरिकी बेरोजगारीदर दोश्रो त्रैमासमा कीर्तिमानी रुपमा १५.७ प्रतिशतले वृद्धि हुने बताएको छ। यसअघि उसले बेरोजगारीदर १२.८ प्रतिशत हुने अनुमान गरेको थियो। मोर्गन स्टेनलीले यस त्रैमासमा २ करोड १० जनाले जागिर गुमाउने मोर्गन स्टेनली जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार