• होमपेज
  • अन्तर्राष्ट्रिय
  • स्पेनमा एकैदिन ९६१ ले ज्यान गुमाए

स्पेनमा एकैदिन ९६१ ले ज्यान गुमाए

  • शुक्रबार, चैत्र २१, २०७६
स्पेनमा एकैदिन ९६१ ले ज्यान गुमाए

कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ हजार ९२ जनाको अवस्था गम्भीर छ । हालसम्म स्पेनका २६ हजार ७ सय ४३ जनाले कोरोनाभाइरससँगको युद्ध जितिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार