शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • घरमा पुगेर मर्ने आशले शास बाेकेर रातभरी हिड्छाै भाेटे जनजातीकाे पिडा

घरमा पुगेर मर्ने आशले शास बाेकेर रातभरी हिड्छाै भाेटे जनजातीकाे पिडा

चिसो छल्न बेशि झरेका बासिन्दा लकडाउनको वेवास्ता गर्दै घर फर्केदै

  • बिहिबार, चैत्र २०, २०७६
घरमा पुगेर मर्ने आशले शास बाेकेर रातभरी हिड्छाै भाेटे जनजातीकाे पिडा

देशनै लकडाउन भएको बेलो बेशि झरेका भोटे जनजाति र अन्य समुदाय भने घर फर्किरहेका छन् । उनिहरु भेडा, गधा, घोडा, च्याङ्ग्रा र परिवार सहित घर फर्किरहेका छन् । बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानिय चिसोका कारण बेसीतिर झरेका बासिन्दा अहिले फिर्ता भइरहेका छन् । चैतको पहिलो हप्ता घर पुगेर तेस्रो हप्ता हिमाली भेग तिर जाने गर्छन् । उनिहरुलाई घर पुग्न डेढ साता जति लाग्ने गरेको छ ।
बसाई सराईका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देबमाडौ लगायत अछाम, डोटी र सुर्खेत बसाई सर्ने गर्दछन् । गर्मीयाम सुरु भएपछी एक हप्ता देखी हिमाली भेगमा सरीरहेका छन् । लकडाउन भन्ने त सुनेका छौ, तर के गर्ने आफ्नो घर फर्कीरहेका छौ, घर पुग्न दुइ हप्ता लाग्ने गरेको बाजुराको हिमाली गाँउपालिका ३ बौडीका राम बहादुर कुवरले वताएका छन् । आफु सँग ५ जनाको परिवार, १ सय ५० भेडा, घोडा लिएर घर फर्कन लागेको वताए । चिसोको बेला अछाम सरेका राम बहादुर अछाम बाट हिडेको ५ दिने भएको वताए ।


लकडाउनमा आवतजावत बन्द हो, तर हामीहरु अछाममा जंगलमा बस्ने गरेका थियौ, फिर्ता हुने समय भइसक्यो, हिडन नपाएर परिवार देखी भेडा बाख्रा सबै अलपत्र हुने बुढिन्नदा ९ का हस्त गुरुङ्गले वताए । हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात भई जाडो बढ्ने भएको र बेशिमा गएर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै प्राय भोटे जनजातीहरु सपरिवार बस्तिहरु छोडेर बेशी तिर झरेका थिए । घरमा भएका भेडा च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु र खाने सरसमानका साथ बसाई सरेका हुन् ।
बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको यस जिल्लाका भोटे जनजातीहरु र अन्य समुदाय बर्षादका चार महिना सम्म उत्तरी भेगमा पर्ने चीन तिर जाने गर्दछन, भने केहि महिना गाँउमा बस्ने गर्दछन् । ‘परम्परागत पेशा, घरपरिवार पाल्न र आर्थिक आर्जनका लागि सपरिवार सहित उनिहरु चिसो लाग्ने समय देखिनै छिमेकी बसाइसराइ गर्ने गरेका कोल्टि नुरीका सुधि रोकायाले बताएका छन’ । गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा संगै भोटे जनजातीहरु बेशी झर्ने भएपछि बालबालिका पढाई बाट बञ्चित हुने गरेको स्थानिय अंग थापाले बताए ।


त्यस्तै हुम्लाका, मैला, मदेना, डाडाफया, श्रीनगर, जयर लगायतका बासिन्दा पनि भेडा, च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु सहित बेशी बाट हिमाल सरिरहेका छन् । हुम्ला डाडाफयाका समयमा चिसोमा भेडा पालन गर्न र जिवीकोपार्जन गर्न समस्या भएकाले एक हप्ता लगाएर अछाम आउन लागेको बताए । सबै परिवार सहित बेशी झरेका छौ, चैतको महिनामा मात्र फिर्ता हुने गरेका छौ, उनले वताए । मुगुको सेरी, खम्ला, गम्था, सुकाडिक गाँउका बासिन्दा भेडा र परिवार सहित बेशी झर्ने गरेका छन् ।
बाजुरा मात्र ६ सय चालिस भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् । हुम्लाको मैला गाँउपालिका धनजित रोकायाले भने ‘हुम्ला र जुम्लाका अधिकांश गाबिसमा हिमँपातका साथै चिसो हुने भएकाले प्राय बासिन्दा हिउदँमा बेसीतिर आउने गरेको छन, भने बर्षा याममा चिन तिर जाने गरेको बताएका छन’् ।

चर्चामा

सम्बन्धित समाचार