• होमपेज
  • देश
  • कोरोना संक्रमित युवतीसंगै फ्रान्सवाट आएका ३ युवाको रिपोर्ट ‘नेगेटिभ’

कोरोना संक्रमित युवतीसंगै फ्रान्सवाट आएका ३ युवाको रिपोर्ट ‘नेगेटिभ’

  • बुधबार, चैत्र १९, २०७६
कोरोना संक्रमित युवतीसंगै फ्रान्सवाट आएका ३ युवाको रिपोर्ट ‘नेगेटिभ’

उदयपुर । फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवती सवार कतार एयरवेजबाट आएका उदयपुरका तीन जना युवाको रिपोर्ट नेगेटिभ देखिएको छ । बैदेशिक रोगजारीमा कतारमा रहेको २ जना र अर्का सिंगापुरबाट आएका उनीहरु तीनै जना गत चैत ४ गते कतार एयरलाईन्सबाट नेपाल फर्केका थिए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका उदयपुरका ३ जना युवाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको हो । सिंगापुरबाट नेपाल भित्रिएका त्रियुगा नगरपालिका– ६ जलजलेका ३५ वर्षीय विजय चौधरीको स्वाब (खकार)को परीक्षण रिपोर्ट नेगेटिभ आएको उदयपुर जिल्ला अस्पतालले जनाएको छ ।

कारण उनमा संक्रमणको आशंका बढेको भन्दै स्थानीय त्रसित भएका थिए । तत्कालै गाउँले र प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन उदयपुर जिल्ला अस्पताल ल्याएका थिए । अस्पतालले उनको स्वाब परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । धरानले परीक्षणका लागि उनको स्वाब शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाएको थियो । टेकुले पठाएको रिपोर्टले चौधरीमा कोरोना नेगेटिभ देखाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले बताए । डा. मण्डलका अनुसार स्वाब परीक्षणका लागि पठाउँदै उनलाई घरमै क्वारेनटाइनमा बस्न भनिएको थियो ।

त्यसैगरी कतारबाट फर्केका बेलाका नगरपालिका– ३ का ३६ वर्षीय विद्यानन्द चौधरीको रिपोर्ट पनि नेगेटिभ आएको थियो । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल फर्केकी युवती कोरोना संक्रमित भेटिएपछि सोही दिन कतार एयरवेजकै अर्को जहाजबाट फर्केका चौधरीमा संक्रमणको आशंका गरिएको थियो । गत ५ गते घर आईपुगेका विद्यानन्दलाई संक्रमणको आशंकामा ७ गते स्वास्थ्य जाँचका लागि धरान लगिएको थियो । उनीसँगै विजयको स्वाब पनि धरान पठाइएकोमा दुवैको रिपोर्ट नेगेटिभ देखिएको धरान अस्पताललाई उद्धृत गर्दै उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताएका छन् ।

संक्रमित युवती चढेकै जहाजमा आएकाले उनीहरुमा संक्रमणको आशंकाले स्थानीय त्रसित थिए । कतारबाट फर्केको सातादिनपछि संक्रमणको आशंकामा बेलका नगरपालिका–३ रातापानीका विद्यानन्द चौधरीलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख दुर्गाकुमार थापाले बताए । ३६ वर्षीय चौधरीको स्वाव बिपीले परीक्षणका लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाएको थियो । टेकुले आईबार पठाएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको अस्पताललाई उद्धृत गर्दै मेयर थापाले बताए ।

चैत ४ मै क्युआर ६५२ फलाईटमा नेपाल भित्रिएका चौधरी अहिले घरकै क्वारेन्टाइनमा छन् । चौधरीले आफूमा कोरोनाको कुनै लक्षण नभएको टेलिफोन मार्फत जानकारी दिए । रोगको लक्षण नै नदेखिदा पनि अनावश्यक हल्ला गरेर आफू र परिवारलाई तनाव दिएको उनको गुनासो छ ।

संक्रमित युवती सवार क्युआर ६५० फलाईटमा आएका लिम्चुङबुङ गाउँपालिका–३ का दिपबहादुर मगरको पनि स्वास्थ्य परिक्षण रिर्पोट नगेटिप आएको जनाएका छन ।

बैदेशिक रोजगारीका लागि ३ वर्षअघि गएका मगर कतार नफर्कने गरी ‘फिनिसिङ’ मा घर फर्केको बताएका छन् । आफू आएको प्लेनमै आएकी युवतीमा संक्रमण फेला परेको हल्ला सुनेपछि डर लागेको भए पनि अहिलेसम्म रुघाखोकी, ज्वरो, स्वाशप्रस्वाश जस्ता कुनै समस्या नभएको उनले राजधानीलाई जानकारी दिए । साभार राजधानी दैनिक

चर्चामा

सम्बन्धित समाचार