बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाको त्रास : स्वामिकार्तीक र जगन्राथकाे गाउँ जाने कर्णाली पुलमा तारबार

कोरोनाको त्रास : स्वामिकार्तीक र जगन्राथकाे गाउँ जाने कर्णाली पुलमा तारबार

घट्ट पिस्न जान समेत बन्द

  • बुधबार, चैत्र १९, २०७६
कोरोनाको त्रास : स्वामिकार्तीक र जगन्राथकाे गाउँ जाने कर्णाली पुलमा तारबार
स्वामिकार्तिक खापर गा पा र जगन्नाथ गा पा जोड्ने कर्णालीको जुड्डी कालापानी पुल बन्द गरिएकाे । तस्वीर : नन्द बहादुर खत्रीकाे फेशबुकबाट

बाजुरा १९ चैत्र — कोरोनाको त्रासले बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ र जगन्नाथ गाउँपालिकाको २ मा जुड्डी कालापानी कर्णालीमा रहेको पुलमा समेत तारबार सहित बन्द गरिएको छ । आधिकारीक केही नभए पनी पुल बन्द हुदा स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीयलाई घट्ट पिस्न जान समेत बन्द गरिएको स्थानीय नन्द बहादुर खत्रीले बताएका छन् । कर्णाली
स्वामिकार्तिक खापर गा पा र जगन्नाथ गा पा जोड्ने कर्णाली को जुडि कालापानी पुल किन कसरी कोले बार लगायको भन्ने थाहा नभएको र पुल बाट आवतजवत गर्न समस्या समस्या भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रहरीमा त्यस्तो जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकं प्रसाद भट्टराईले बताएका छन् । उनले भने कतिपय ठाउँका पुलहरुमा आवत जावत बढि हुने मदिरा समेत ओसार पसार हुने गरेकोले पुलहरुमा बार लगाएको भए पनी स्थानीयलाई मर्का पर्ने र असहज हुने गरी कुनै ठाउँमा बार नलगाएको प्रहरी प्रमुख भट्टराईले बताएका छन् ।

Image may contain: bridge and outdoor
यता स्थानीयले भने १ सय ५० घरदुरीको घट्ट पिस्ने ठाउँ जुड्डी खोलामा रहेकोले सारै असहज भएकोले समस्याको समाधान गरिदनि समेत सम्बन्धीत निकायसंग अनुरोध समेत गरेका छन् । जो सुकैले बन्द गरेको भए पनी अन्य कामकाज भन्दा पनी घट्ट पिस्न जानेका लागी पुल खुला गराईदिन स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ का स्थानीयले अनुरोध गरेका छन् । यदि घट्ट पिस्नका लागी समेत यो बाटो अबरोध नहटाउने हो भने त्यहाका जनतालाई निकै समस्या हुने भएको छ । उसै पनी साप्पाटा क्षेत्र खडेरी क्षेत्र हो सबै खानेकुरा किनेरै खानुपर्छ घरमा भएको थोरै कोदो गहुँ समेत घट्ट लगेर पिस्न नपाए हामी भोकै मर्छौ त्यहाँका स्थानीयले दुख ब्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार