शुक्रबार, कार्तिक ३०, २०८१
शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • समाज
  • कोभिड १९ को महामारीमा पत्रकार कसरी जोगिने ?

कोभिड १९ को महामारीमा पत्रकार कसरी जोगिने ?

  • बुधबार, चैत्र १९, २०७६
कोभिड १९ को महामारीमा पत्रकार कसरी जोगिने ?

कुनै प्राकृतिक प्रकोप, महामारी तथा ठूला घटना भएको समयमा पत्रकार अझ सक्रिय हुन्छन् । पत्रकारिता पब्लिक सर्भिस हो । यो कहिल्यै पनि रोकिदैन । कोरोना भाइरसको संक्रमणको त्रासमा विश्वका धेरै मुलुक लकडाउन भएका छन् । मानिसहरु घरभित्रै बसिरहेका छन् । तर पत्रकारले अहिले पनि प्रेस कन्फरेन्स, स्थलगत रिपोटिङ्ग गरिनै रहेका छन् । यस्तो अवस्थमा कसरी संक्रमणबाट बचेर रिपोटिङ्ग गर्ने यो महत्वपूर्ण विषय हो ।
प्रेस कन्फरेन्समा सहभागी भएका पत्रकार संक्रमित भएको समाचार पनि आइरहेका छन् । त्यसैले यो जटिल अवस्थामा पत्रकारले आफ्नो स्वास्थ्यलाई बचाएर पत्रकारितालाई अगाडि बढाउनुको विकल्प छैन ।
गत फेब्रेओरीमा ब्राजिलको २२ सदस्यीय एक उच्चस्तरी प्रतिनिधिमण्डलले अमेरिकाको भ्रमण गरेको थियो । जसमा केही कोरोना संक्रमित भए । पत्रकार मारिना गायसले सो ट्रिपको स्टोरी कभर गरेकी थिइन् । उनी स्वयं एकान्त बासमा बसिन् । उनले पोष्ट गरेअनुसार वासिङ्टनमा झ्यालविहीन कोठामा भएको बैठकमा पनि उनी सहभागी भएकी थिइन् । त्यसैले भाइरसको संक्रमण हुने सम्भावना ज्यादा थियो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले त विश्व स्वास्थ्य संगठनको निर्देशनलाई पच्छाउँदै देशका व्यवसाय (मिडियासहित) का लागि एउटा गाइडलाइन नै बनायो । जसमा भर्चुअल मिटिङको सिफारिस गरिएको छ । अनावश्यक ट्रिप रद्द गर्न र कर्मचारीलाई सम्भव भएसम्म घरबाटै काम गर्न प्रोत्साहन गर्ने भनिएको छ ।
नेपालमा यतिबेला ठूला मिडियाका पत्रकारले पनि घरबाटै काम गर्न थालेका छन् । भर्चुअल मिटिङको मजासमेत लिइरहेका छन् । कोभिड १९ ले पत्रकारितामा नयाँ प्रविधिको अत्याधिक उपयोगमा जोड दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयको सिफारिस सुरक्षात्मक कवजका रुपमा धेरै देशमा कार्यान्वयन भएको छ ।
तथापी सबैले घरबाटै काम गर्ने सम्भावना रहँदैन । स्थलगत रिपोर्टिङ र न्युज रुममा बसेर काम गर्नुपर्ने हुन्छ । त्यसका लागि दुरी कायम राखेर बस्ने, हातमा पन्जा लगाउने, माक्स लगाउने, अन्तर्वार्ता लिँदा निश्चित दूरी कायम राख्न सल्लाह दिन्छन् डा प्रकाश बुढाथोकी । तर, खुला स्थानमा लिइने अन्तवार्ता वा प्रतिक्रिया लिँदा को संक्रमित छ भनेर भन्न सकिदैन । त्यसैले सर्जिकल मास्क अनिवार्य लगाएर मात्र फिल्ड वर्कमा जान चिकित्सकहरुको सल्लाह छ ।
तर, अझै पनि सामान्य मास्क लगाएर पत्रकारहरु अस्पताललगायत अन्य स्वास्थ्य केन्द्रहरुमा रिपोर्टिङ गरिरहेका भेटिन्छन् । नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बनलाई पहिलो सर्त बनाउन सिफारिस गरेको भए पनि अझै बलियो रुपमा कार्यन्वयन हुन सकेको त छैन ? सचेत हुनुपर्ने देखिन्छ ।
बाज्रिलका विशेषज्ञ डा सुलेइमानले फिल्ड रिपोर्टिङमा सानो टिम जानुपर्ने सल्लाह दिएका छन् । उनले भनेका छन्, ‘१९९० ताका जब एचआईभीको रिपोर्टिङमा पत्रकार हिड्थे त्यतिबेला एउटै टिभिको ४÷५ जनासम्मको टिम हुन्थ्यो । तर अहिले यो महामारीको समाचार कभर गर्न थोरै मानिसलाई प्रयोग गर्न सल्लाह दिन्छु । जसले तेज गतिमा संक्रमण फैलिन सहयोग गर्दैन ।’
टिभि रिपोर्टरले दुईवटा माइक्रोफोन प्रयोग गर्न सल्लाह दिएका छन् । एउटा आफ्नै लागि र अर्काे जोसँग प्रतिक्रिया लिइन्छ वा अन्तर्वार्ता लिइन्छ उसका लागि ।
७० प्रतिशत मदिरा रहेको समाग्री वा मदिराले ती सामाग्री प्रयोग गरेपछि सफा गरिहाल्नुपर्ने सुझाव विभिन्न चिकित्सकहरुले दिएका छन् । अहिले नेपालका कतिपय मिडिया हाउसले फिल्डमा जाने पत्रकारका लागि ह्यान्ड सेन्टिटाइजर उपलब्ध गराउन थालेका पनि छन् । तर, अझै यसको प्रयोगमा संवेदनशिलता देखिएको छैन । एउटा पत्रकार संक्रमित हुँदा ऊ धेरै स्थानमा पुग्ने भएकाले संक्रमण फैलिन सक्ने डर पनि त्यति नै बढी हुन्छ । त्यसैले ऊ सुरक्षित हुनु समाजलाई सुरक्षित बनाउनु हो भन्ने विषयमा पनि सोच्नुपर्छ ।
विकसित देशहरुले त अहिले सम्बन्धित अस्पताल, मन्त्रालयलगायतले उत्पादन गरेका सामाग्रीलाई नै प्रयोग गर्न समेत प्रोत्साहित गरेका छन् । फोटो, भिडियो सामाग्रीहरु अस्पतालले नै तयार गरेको छ भने पत्रकारले त्यसलाई प्रमाणित गरेर प्रयोग गर्न सकिन्छ । यसलाई पनि प्रोत्साहित गर्नुपर्छ । जसले फिल्डमा कम जनशक्तिको प्रयोग गर्दा पनि हुने अवस्था रहन्छ ।
पछिल्लो समय नेपालमा पनि भिडियो कन्फरेन्समार्फत प्रेस मिट हुन थालेका छन् । समाजिक सञ्जालमा सन्देश प्रवाह गर्न थालिएको छ । तर अझै पनि पत्रकार बोलाएर प्रेस मिट गर्न भने छोडिएको छैन । प्रविधिलाई यसरी अवलम्बन गर्दा कोभिड १९ को संक्रमणबाट पत्रकार जोगिन्छन् ।
ओपन स्पेस पनि पूर्ण सुरक्षित रहँदैन । एक अध्ययनले २ देखि ३ घन्टासम्म कोरोना भाइरस हावामा पनि रहने देखाएको छ । जसका कारण कम व्यक्तिको आउजाउ हुने स्थानको प्रयोग गर्नु नै उपयुक्त हुन्छ । पत्रकारले फिल्डमा जाँदा अनिवार्य सर्जिकल मास्क लगाउनुपर्छ । त्यसको काम गर्ने अवधि भएकाले एकै ठाउँमा २ घन्टा बढी रहेर रिर्पोटिङ गर्ने वा अन्तर्वार्ता लिन नहुने समेत चिकित्सकहरुको सुझाव छ ।

यसो गर्दा पत्रकारलाई संक्रमण हुनबाट जोगाउन सकिन्छ
सम्भव भएसम्म घरबाटै काम गर्ने
न्युजरुमलाई प्रत्येक दिन ७० प्रतिशत मदिरा रहेको सामाग्रीले सफा गर्ने ।
२० सेकेन्ड लगाएर बारम्बार हात धुनका लागि सुविधा दिने र प्रोत्साहित गर्ने ।
आवश्यक हुँदा मात्र प्रत्यक्ष अन्तर्वार्ता लिने
सर्जिकल मास्क लगाउने । यसलाई तोकिएको समयमा डिस्पोजल गरी पुनः अर्काे मास्क लगाउने ।
३ देखि ६ फिटको दूरीमा बसेर अन्तर्वार्ता लिने ।
दुईवटा माइक्रोफोनको प्रयोग गर्ने । अल्कोहल र डिस्पोजल रुमालले सेनिटाइज गर्ने ।
प्रयोग गर्ने सामाग्री नियमित सफा गरिरहने ।
दुईभन्दा ठूलो टिम एउटै भ्यानमा बसेर समाचार संकलनमा नजाने ।

चर्चामा

सम्बन्धित समाचार