शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ब्रेक्इङ न्युज : कोरोनाको शंकामा बाजुरामा एक जनालाई आइसोलेशन कक्षमा भर्ना गरियाे

ब्रेक्इङ न्युज : कोरोनाको शंकामा बाजुरामा एक जनालाई आइसोलेशन कक्षमा भर्ना गरियाे

  • मङ्लबार, चैत्र १८, २०७६
ब्रेक्इङ न्युज : कोरोनाको शंकामा बाजुरामा एक जनालाई आइसोलेशन कक्षमा भर्ना गरियाे
जिल्ला अस्पतालले तयार गरिएकाे अाइसाेलेशन कक्ष

बाजुरा १८ चैत्र–जिल्ला अस्पताल बाजुराको आईसोलेसन वार्डमा एक जनालाई भर्ना गरिएका छन । एक जनालाइ कोरोना भाइरस (कोभिड १९) को संकाष्पद देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् ।

डाक्टरका अनुसार भर्ना गरिएका किशाेरको अबस्था सामान्य रहेको छ । उनको भोलि नमुना संकलन गर्ने तयारी भैरहेको छ । सामान्य लक्षण मिल्ने र १ सय डिग्री भन्दा माथि तापक्रम पनि देखिएकोले भर्ना गरिएको अस्पतालले बताएको छ । कुनै प्रकारको अन्य संक्रमण थाहा भएको  नभएकोले यो नै हो भनेर परिक्षणपछि मात्र जानकारी हुने जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार