बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • लकडाउनकैै बिच भारतबाट आउनेको संख्या घटेन (फोटो फिचर)

लकडाउनकैै बिच भारतबाट आउनेको संख्या घटेन (फोटो फिचर)

भारतबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राखिने

  • मङ्लबार, चैत्र १८, २०७६
लकडाउनकैै बिच भारतबाट आउनेको संख्या घटेन (फोटो फिचर)

बाजुरा १८ चैत्र– नेपाल पुरै लकडाउन भएको समयमा बाजुरामा भने भारतबाट आउनेहरुको संख्या हुलका हुल आइरहेका छन् । कामका लागि भारत गएकाहरुलाई प्रदेश सरकारले लकडाउनको उल्लघन गर्दै जिल्ला जिल्लामा पठाइरहेको पाइएको छ । सुदुर पश्चिम प्रदेश उसै पनि जाेखीम भएका बेला प्रदेश सरकारले धमाधम जिल्ला पठाउने काम गरीरहेकाे छ ।

आज बिहान मात्रै बाजुरामा २ गाडी मान्छे भारतबाट बाजुरा पुगेका छन् । २६ जनाकाे टाेली बाजुरा पुगेकाे हाे । जसमा ३ जना बडिमालिका नगरपालिका र २३ जना स्वामीकार्तिक खापर गाउँपालिकाका रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । जसमा ५ जना महिला समेत रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख टंकप्रसाद भट्टराइले बताएका छन् । बडिमालिका नगरपालिकाका ३ जना भने अछामकाे बयालपाटा अस्पतालबाट आएका तर भारतबाट आएका मान्छेकाे गाडीमा आएकाले उनलाइ पनि क्वारेन्टाइनमा राख्ने प्रहरीले जनाएकाे छ । अन्य २३ जनालाइ स्वामीकार्तिक खापर गाउँपालिकाकाे क्वरेन्टाइनमा राख्नका लागि आजै मार्तडीबाट पठाइ सकिएकाे प्रहरीले जनाएकाे छ ।

त्यसै गरी भारतबाट अाएका सबै जनालाइ बाजुरा जिल्लाका जयमालिका यातायात प्रालीले मास्क समेत बितरण गरेकाे छ । बशपार्कमै पुगरे भारत बाट अाएका सबै जनालाइ एक एक मास्क बितरण गरेकाे जयमालिका यातायात प्रालीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार