शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मालिका नमूना माबिकाे क्वारेन्टाइनमा निशुल्क वाईफाई

मालिका नमूना माबिकाे क्वारेन्टाइनमा निशुल्क वाईफाई

  • सोमवार, चैत्र १७, २०७६
मालिका नमूना माबिकाे क्वारेन्टाइनमा निशुल्क वाईफाई

पदमबहादुर सिंह / बाजुरा १७ चैत्र- बाजुरा सदरमुकाममा क्वारेन्टाइनमा रहेकाकाहरुका लागि निशुल्क वाइफाइको व्यवस्था छ । बडिमालिका नगरपालिकाले मालिका नमूना माध्यामिक बिद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा फ्रि वाइफाइ जडान गरिदिएको छ ।
क्वारेन्टाइनमा राखिएकाहरुलाई समय बिताउन र आफन्तसित कुराकानी गर्न तथा देश दुनियाँको खबर थाहा पाउन सजिलोको लागि वाइफाइ जडान गरिए दिएकोे बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले जानकारी दिए । बडुवालले भने क्वारेन्टाइनमा रहेकाहरु उनीहरुका आफन्तसंग भिडियो कल गर्छन् । फेसबुक चलाएर दिन कटाइरहेका अध्यानरत बिद्यार्थीहरु युट्युबबाट अध्यान गर्ने गरेका छन् ।’उनले ४० एमबीपीएस गतिको इन्टरनेट जोडिएको बताए ।
बडिमालिका नगरपालिकाको मालिका नमूना माबिमा स्थापना गरेकोे क्वारेन्टाइनमा ३५ जना रहेका छन् । ती सबै भारतका विभिन्न सहर तथा नेपालको काठमाण्डौ, पोखरा, नेपालगन्ज, धनगढी लगाएबाट आएका जनाइएको छ । क्वारेन्टाइनमा रहेका सबैको खान बस्न नास्ताको व्यवस्था बडिमालिका नगरपालिकाले नै गरेको नगर प्रमुख बडुवाले जनाएको छ । बाजुरामा जिल्ला अस्पतालमा २ बेड जिल्ला समन्वय समितिको सभा हलमा १० बेड र कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिमा २ बेढको कोरोनो भाइरस संक्रमित उपचारका लागि १४ बेडको आइसोलेसन कक्ष बनाइएको जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र बिश्वकर्माले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार