बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बेहोस अवस्थामा अस्पताल पुर्‍याइएकी महिलाको मृत्यु

बेहोस अवस्थामा अस्पताल पुर्‍याइएकी महिलाको मृत्यु

  • सोमवार, चैत्र १७, २०७६
बेहोस अवस्थामा अस्पताल पुर्‍याइएकी महिलाको मृत्यु

काठमाडौं : गम्भीर अवस्थामा वीर अस्पताल भर्ना भएकी ५० वर्षीया महिलाको मृत्यु भएको छ। काठाडौंको कालिमाटीबाट उनलाई बेहोस अवस्थामा सोमबार बिहान वीर अस्पताल ल्याइएको थियो।
ती महिलाको पहिचान हुन भने बाँकी रहेको अस्पतालले जनाएको छ।
वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याएको अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। डा. सेन्चुरीका अनुसार उनको नमूना टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ। अस्पतालका अनुसार उनलाई अस्पताल ल्याउँदा ज्वरो आएर सास फेर्न निकै गाहो भइरहेको अवस्थामा इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। मृत्यु के कारण भएको हो यसबारे रिपोर्ट आएपछि मात्र थाहा हुने डा. सेन्चुरीले जनाएका छन्।
कोरोना आशंकमा उनको स्वाब परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ।
यस्तै, सोमबार बिहान मात्रै पाटन अस्पतालको आइसीयूमा राखिएका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको छ। उनको कोरोनाको संक्रमण भएको आशंकामा नमूना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको थियो । तर रिपोर्ट आइसकेको छैन् । उनलाई अत्याधिक ज्वरो आएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार