शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा लकडाउन उल्लघंन गर्नेलाइ प्रहरी प्रक्राउ गर्दै

बाजुरामा लकडाउन उल्लघंन गर्नेलाइ प्रहरी प्रक्राउ गर्दै

  • शनिबार, चैत्र १५, २०७६
बाजुरामा लकडाउन उल्लघंन गर्नेलाइ प्रहरी प्रक्राउ गर्दै

बाजुरामा जिल्लामा लकडाउनको उल्लघंन गर्नेलाई प्रहरीले प्रक्राउ गर्ने गरेको छ । पटक पटक पनि भन्दा पनि नमाने पछि बाजुराका बिभिन्न ठाँउ बाट प्रहरीले उल्लघंन गर्नेलाई नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रबक्ता दान बहादुर रोकायाले बडिमालिका खबरलाइ वताएका छन् ।
शनिवार मात्र बाजुरा प्रहरीले सदरमुकाम मार्तडी बाट ७ जना नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सबैलाई सम्झाएर आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । त्यस्तै बुढिगंगा नगरपालिका बिभिन्न ठाँउमा भलिबल, फुटबल, क्रिकेट खेलिरहेका खेलाडीलाई नियन्त्रणमा लिएर सम्झाएर छोडेको प्रहरीले जनाएको छ ।
आइतबार बाट भने लकडाउन उल्लघंन गर्ने कानुन अनुसार कार्यवाहि गर्ने प्रहरीले जनाएको छ । नेपालमा कोरोनाको बिरामी थपिदै गएपछि प्रहरीले पनि कडाइ गर्दै आएको छ । माइकिङ्ग गर्दै लकडाउनको उल्लघंन नगर्ने घर भित्र बस्न पटक पटक आग्रह गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार