शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • एउटै प्लेनमा आएका थिए दोस्रो र पाँचौं संक्रमित

एउटै प्लेनमा आएका थिए दोस्रो र पाँचौं संक्रमित

  • शनिबार, चैत्र १५, २०७६
एउटै प्लेनमा आएका थिए दोस्रो र पाँचौं संक्रमित

काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिएका दुई जना एउटै बिमानबाट नेपाल आएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको पाँचौ संक्रमित र दोस्रो संक्रमित कतारबाट एउटै प्लेनमा आएका थिए। उनीहरु दुबै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।

पाँचौ संक्रमित बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् भने दोस्रो संक्रमित फ्रान्सबाट कतार हुँदै आएकी थिइन्।  मन्त्रालयले दोस्रो संक्रमितको बारेमा गत सोमबार जानकारी दिएको थियो। काठमाडौंकी १९ वर्षीया युवती दोस्रो संक्रमित थिइन्। पाँचौ संक्रमित भने बागलुङकी युवती हुन्। उनीहरु दुबैको स्वास्थ्य सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। स्वास्थ्य खबर बाट

चर्चामा

सम्बन्धित समाचार