बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कर्मचारी संगठन बाजुराले कोरोना रोकथाम कोषमा २५ हजार सहयोग

कर्मचारी संगठन बाजुराले कोरोना रोकथाम कोषमा २५ हजार सहयोग

  • शनिबार, चैत्र १५, २०७६
कर्मचारी संगठन बाजुराले कोरोना रोकथाम कोषमा २५ हजार सहयोग

नेपाल निजामती कर्मचारी संगठन बाजुराले कोरोना रोकथाम तथा नियन्त्रण सहयोग पुर्याउन २५ हजार रुपैया सहयोग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सयुक्त रुपमा २५ हजार रकम सहयोग गर्ने निर्णय हुन् । कर्मचारीबाट संकलन गरिएको रकम कोषमा जम्मा गर्ने निर्णय संगठनले विज्ञप्ती मार्फत जानकारी गराएको छ । संकटका बेला सबैबाट थोरैभएपनि सहयोग आवश्यक रहेकोले त्यसमा योगदान वापत सहयोग गरिएको संगठनका अध्यक्ष मिनप्रसाद जैशीले बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति वाजुराले संगठनसँग आवद्ध कर्मचारीहरुवाट सहयोग रकम संकलन गरी नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष को राष्ट्रिय वाणिज्य वैंकमा रहेको खाता नं. १९६०००००११०१ मा जम्मा हुने गरी २५ हजार आर्थिक सहयोगको विज्ञप्ती मार्फत जानकारी गराईएको हो । लक डाउनको पूर्ण पालना गर्न, आफू बच्न र रु बचाउन सबैको जिम्मेवारी रहेकोले सरकारले जारी गरेको नियमको पालना सहीतको सहयोग गरि कोरोना विरुद्धको अभियानमा सबैको साथ र एकता चाहिने अध्यक्ष मिनप्रसाद जैशीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ।मानव जातिको अस्तित्वलाई नै संकटमा पार्ने गरि फैलिएको संक्रमणका विरुद्ध एकसाथ मुकाविला गरी सिङ्गो मावन जातिलाई यसवाट बचाउनु र आपसी सहयोग र सहकार्यमा जुट्न लगाउने गरि सुरुवाद गरिएको संगठनले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार