• होमपेज
  • समाज
  • PPE सेट नपाएपछि गौमुलले आफै बनायो

PPE सेट नपाएपछि गौमुलले आफै बनायो

  • शुक्रबार, चैत्र १४, २०७६
PPE सेट नपाएपछि गौमुलले आफै बनायो

गौमुल गाँउपालिकाले सेट PPE (Personal Protective Equipment ) नपाएपछि आफै गाँउपालिकाले काम चलाउनका लागि बनाएको छ । कोरोनाको चेकजाँच र उपचारका लागि सेट अनिवार्य आबश्यक हुन्छ, तर गाँउपालिकाले कामचलाउको लागि आफै बनाएको अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
गाँउपालिकामा हेल्थ डेक्स स्थापना भएको भएपनि PPE सेट कतै नपाएपछि स्थानिय उत्पादन बाट निर्माण गरिएको गाँउपालिकाले बताएको छ । सामानका लागि धेरै ठाँउमा खोज्यौ थोरै भएपनि सुरक्षाका लागि भएपनि यो बनाएको गाँउपालिका अध्यक्ष रोकायाले वताए । गाँउपालिकाले १४ वटा सेट बनाएको छ ।
बाजुरा अस्पतालका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले भने यो सेटले थोरै भएपनि सुरक्षा त हुन सक्ने बताए । आफुहरुले पनि यस्तै सेट सिलाउने तयारी गरेको वताएका छन् । PPE सेट कतै नपाएपछि यो पनि केही सुरक्षा हुने भएकाले आफुहरुले पनि सिलाउन दिएको वताएका छन् ।
गाँउपालिकाले गाउपालिकामा बाहिरका कुनै मान्छेलाई जान दिएको छैन र गाउपालिकाको मान्छेलाई पनि अन्य ठाउ जान रोक लगाएको छ । गाउपालिका भित्र पनि एक गाउबाट अर्को गाउ नजान भनिएको छ । सबैले पालना गरिरहेको रोकायाले बताए । कृर्तिचौर माबिमा १२ बेडको क्वारेन्टाईनको ब्यबस्था मिलाएको छ । अहिले भने एकजना पनि क्वारेन्टाईनमा नरहेको गाँउपालिकाले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार