स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ।
संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ। चारै जना संक्रमितहरु पुरुष हुन्। तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।