बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक, उछिन्यो चीन र इटालीलाई

कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक, उछिन्यो चीन र इटालीलाई

  • शुक्रबार, चैत्र १४, २०७६
कोरोना संक्रमितको संख्या अमेरिकामा सर्वाधिक, उछिन्यो चीन र इटालीलाई

काठमाडौं- कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ।

शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन्।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, कोरोना संक्रमितको संख्या चीनमा ८१ हजार ७ सय ८२ हजार छ। इटालीमा सो संख्या ८१ हजार ७ सय ८२ छ।

कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार विश्वव्यापी रुपमा ५ लाख २५ हजार ९३ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख २२ हजार १ सय ५० जना उपचारपछि निको भइसकेका छन्।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको विश्वव्यापी तथ्यांक भने २४ हजारको नजिक पुगेको छ। अहिलेसम्म, ज्यान गुमाउनेको संख्या २३ हजार ९ सय ५६ पुगेको छ। स्वास्थ्य खबर पत्रिका

चर्चामा

सम्बन्धित समाचार