शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • हिमाली गाँउपालिकाले कोरोना बिरुद्ध घर घरमा पुगेर चेतना सँगै साबुन बितरण

हिमाली गाँउपालिकाले कोरोना बिरुद्ध घर घरमा पुगेर चेतना सँगै साबुन बितरण

  • बिहिबार, चैत्र १३, २०७६
हिमाली गाँउपालिकाले कोरोना बिरुद्ध घर घरमा पुगेर चेतना सँगै साबुन बितरण

हिमाली गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस बाट बच्न तथा बच्नका लागि घर घरुमा पुगेर जनचेतना फैलाउने काम भइरहेकाे छ । त्याे सँगै गाउँपालिका भित्रका सबै घरधुरीलाई हात धुने साबुन र लुगा धुने साबुन वितरण गरिएको  गाँउपालिकाका नि प्रशासकिय अधिकृत जनक बहादुर शाहिले वताएका छन् |

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारी भने साबुन बितरण सँगै १० मिनेट काेराेना भाइरस सम्बन्धि जानकारीका साथै चेतना फैलाउने काम भइरहेकाे वताए । धेरै जसो सरुवा रोगहरु तथा महामारीजन्य रोगहरु हातको सरसफाइको कमि भएको कारण, हात मिलाउदा तथा हातबाट नाक मुख सम्म रोगका किटाणु सर्न सक्ने र हातमा करिव १० मिनेट जति कोरोना COVID 19 बाँच्न सक्ने भएकोले सबै जनसमुदायमा सरसफाइको संदेश पुगोस भन्ने उधेश्यले घर घरमै स्वास्थ्यकर्मी पुगेर सन्देश दिने काम भइरहेकाे भण्डारीले वताए । सरसफाइको लागि साबुन लगाएतका सामग्री पुगाईने एबं सबै नागरिक हरुको घर दैलोमा पुगेर कोरोना भाइरसबाट बच्न र बचाउन संदेश फैलाउने काम पनि स्वास्थ्यकर्मीहरुले गरिरहेको उनले थपे |

हिमाली गाउँपालिकाको सबै जनताको स्वास्थ्य सुधार गर्न तथा कोरोना भाइरसबाट बच्न मिचिमिची हात धुने बानीको बिकास गराउन गाउँपालिका भरि यस्तो कार्यक्रम सन्चालन गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताए । गाउँपालिका भरि दुइ हजार भन्दा बढी घरधुरी रहेकोमा यो अभियान सबै घरधुरीमा पुर्याउने मल्लले वताए ।  बुधबार वडा नम्बर ७ बांधू र बिहिवार वडा नम्बर ६ धिम गाउँबाट अभियान सुरु गरिएको छ ।  कार्यक्रम सहजीकरण वडा नं ७ का वडा अध्यक्ष जय बहादुर अधिकारी र वडा नं ६ का वडा अध्यक्ष सुरेन्द्र बहादुर मल्लले गरेका छन्  । गाँउपालिकाले स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारी, सिअनमि प्रेम कला मल्ल, अहेब देबेन्द्र अधिकारी, अनमि अनिता कठायत, रमाना तिरुवा, सरिता सार्की, सैलजा ऐडी, नानी नेपाली, भावना कुमारी रोकाय, सबिना पाण्डे, रमि सिंह, अ.हे.व. नरपति रोकाया, सेर बहादुर भण्डारी र वासुदेव पाण्डे लगायतका स्वास्थ्यकर्मीको टिम परिचालन गरेकाे छ |

चर्चामा

सम्बन्धित समाचार