शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा ४६ जनालाई क्वारेन्टाइनमा राखीयो

बाजुरामा ४६ जनालाई क्वारेन्टाइनमा राखीयो

  • बुधबार, चैत्र १२, २०७६
बाजुरामा ४६ जनालाई क्वारेन्टाइनमा राखीयो

बाजुरा १२ चैत्र– बाजुरा जिल्लाको सदरमुकाममा पुगेका बिभिन्न ठाउँबाट आएका ४६ जनालाई क्वारेन्टाइनमा राखीएका छन् । नेपालका बिभिन्न जिल्ला र दोस्रो मुलुक भारत बाट आएका गरि ४६ जनालाई क्वारेन्टाइनमा राखीएको हो ।
जसमा १६ जना काठमाण्डौ लगायत देश भित्रका बिभिन्न ठाउँ र अन्य सबै भारतका बिभिन्न ठाउँबाट आएका सबै जनालाई जिल्ला स्थित सदरमुकाम मार्तडीमा रहेको मालिका माध्यामिक बिद्यालयका बिभिन्न कोठामा राखेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन् ।
बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहका रहेका सबैलाई एक दिन जिल्लाको क्वारेन्टाइनमा राखेर भोली जुन पालिकाका हुन त्यही बुझाउने र सम्बन्धीत स्थानीय तहमा रहेका क्वारेन्टाइनमा राख्ने प्रहरी प्रमुख भट्टराईले बताए ।
जसमा स्वामीकार्तिक खापर गाउँपालिकाका ६ जना, बुढिनन्दा नगरपालिका नगरपालिकाका १६ जना त्रिबेणी नगरपालिकाका १० जना बुढिगंगा नगरपालिका २ जना खप्तड छेडेदह गाउँपालिकाका ४ जना र बडिमालिका नगरपालिकाका ८ जना रहेका छन् । आजको ति सबै जनाको स्याहार र खाना बडिमालिका नगरपालिकाले ब्यहोर्ने भएको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् ।


जिल्लामा भोली केही उनीहरुको स्वास्थ्य स्थिती हेरेर सम्बन्धी गाउँपालिका नगरपालिकामा पठाउने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्लामा बनाउने भनीएको क्वारेन्टन जिल्ला समन्वय समितीको हल भनीएको भए पनी बनाउन नसकेका कारण बिद्यालयमा राखीएको हो । जिल्लामा पुर्ब तयारीमा भने त्यती धेरै चासो नदिएको स्थानीय नागरिक समाजका अगुवाहरुको गुनासो रहेको छ । केही दिन अगाडी देखी जिल्ला समन्वय समितिको हलमा आइसोलेशन कक्ष बनाउने भनिय पनी हालसम्म केही नगरेको पाइएको छ । अाज बाजुरा पुगेका सबैलाइ प्रदेश सरकारकाे सहयाेगमा बाजुरा पठाएकाे अान्तरिक मामीला तथा कानुन मन्त्री प्रकाश शाहका स्वकीय सचिव जंग बिकले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार