मंगलबार, चैत्र २५, २०७६
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना संक्रमित मुलुकको तेस्रो नम्बरमा अमेरिका, ४८ हजारभन्दा बढी संक्रमित

कोरोना संक्रमित मुलुकको तेस्रो नम्बरमा अमेरिका, ४८ हजारभन्दा बढी संक्रमित

  • बुधबार, चैत्र १२, २०७६
कोरोना संक्रमित मुलुकको तेस्रो नम्बरमा अमेरिका, ४८ हजारभन्दा बढी संक्रमित

वाशिङ्टन । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको पछिल्लो सिकार अमेरिका बन्‍न पुगेको छ । हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीको तेस्रो नम्बरमा अमेरिका परेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या हाल ४८ हजार ७८८ पुगेको छ । वर्ल्ड मिटरका अनुसार अमेरिकामा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने ५ हजार ४४ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट अमेरिकामा ६०१ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । विज्ञहरुले युरोपपछि कोरोना इपिसेन्टर अमेरिका बन्‍ने चेतावनी दिएका छन् ।

कोरोना प्रभावितको सूचीको पहिलो नम्बरमा रहेको चीनमा ८१ हजार १७१ संक्रमित भएको र तीन हजार २७७ को मृत्यु भएको छ । त्यसैगरी दोस्रो नम्बरमा रहेको इटालीमा ६३ हजार ९२७ संक्रमित छन् भने ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

त्यसैगरी अमेरिकापछि रहेको स्पेनमा ३९ हजार ६७६ संक्रमित रहेकोमा दुई हजार ८७७ को मृत्यु भइसकेको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या कम भएपनि संक्रमणको दर भने तीव्र रहेको छ । अमेरिकाको न्युयोर्कमात्र कोरोना संक्रमितको संख्या २५ हजार पुगेको छ ।

अमेरिकाको ५० वटै राज्यको कुल जनसंख्याको ४३ प्रतिशतलाई घरमै बस्‍न आदेश जारी गरिएको  छ। – सीएनएन

चर्चामा

सम्बन्धित समाचार