शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मोदीले घोषणा गरे भारतमा २१ दिन लकडाउन

मोदीले घोषणा गरे भारतमा २१ दिन लकडाउन

  • मङ्लबार, चैत्र ११, २०७६
मोदीले घोषणा गरे भारतमा २१ दिन लकडाउन

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनसम्म लकडाउन गर्ने घोषणा गरेका छन्। मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन्।

‘देशलाई बचाउनका निम्ति (आज) मंगलबार राति १२ बजेदेखि सम्पूर्ण देशभर लकडाउन सुरु हुँदैछ’, मोदीले भने, ‘घरबाहिर निस्कन पूर्ण रुपमा निषेध हुनेछ।’

लकडाउन मंगलबार राती १२ बजेबाट सुरु हुने समेत उनले घोषणा गरेका हुन्। मंगलबार राती १२ बजे सुरु भएको लकडाउन २१ दिनसम्म जारी रहनेछ। यसअघि प्रधानमन्त्री मोदीले आइतबार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका थिए। भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडानसमेत स्थगित गरेको छ।

सम्बोधनका क्रममा मोदीले जनता कर्फ्यू सफल बनाउन सहयोग गरेको भन्दै जनतालाई धन्यवाद समेत दिएका थिए। ‘विभिन्न राज्यले समेत लकडाउन घोषणा गरेका छन्,’ सम्बोधनका क्रममा मोदीले भने, ‘यसलाई संवेदनशील रूपमा लिइदिनुहोला।’

कोरोना भाइरसबाट संक्रमित व्यक्ति सुरुमा सामान्य देखिने र कुनै पनि लक्षण नदेखाउने भन्दै उनले घरमा बस्न आग्रह गरेका छन्। उनले घरबाहिर जानु नै कोरोनालाई घरमा ल्याउने कदम हुने बताए।

‘म हात जोडेर प्रार्थना गर्छु कि यस समय तपाईंहरु जहाँ हुनुहुन्छ, उहीँ बस्नुहोस्’, मोदीको आग्रह छ। मोदीले आफूले प्रधानमन्त्रीको नाताले होइन, परिवारकै सदस्यको नाताले घरभित्र बस्न आग्रह गरेको बताए। ‘घरभित्र रहनुस् र एक काम गर्नुस्- आफ्नै घरमै बस्नुस्’, मोदीले भने स्वास्थ्य खबर पत्रिकाले लेखेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार