शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • लकडाउनका कारण असुविधा भोग्नु नपर्ने घर घरमा खाद्यन्न जाेहाे हुन्छ मेयर शाह

लकडाउनका कारण असुविधा भोग्नु नपर्ने घर घरमा खाद्यन्न जाेहाे हुन्छ मेयर शाह

  • मङ्लबार, चैत्र ११, २०७६
लकडाउनका कारण असुविधा भोग्नु नपर्ने घर घरमा खाद्यन्न जाेहाे हुन्छ मेयर शाह

बाजुरा ११ चैत्र – बुढीगंगा नगरपालिकाले लक डाउनका कारण असुविधा भोग्नु पर्ने अवस्था आउन नदिने गरि तयारी थालिएको बताएको छ । बजारमा आएर खरिद विक्रीमा भीडभाड गर्नु भन्दा ट्याक्टरले प्रत्येक गाउँ टोलमा समान ढुवानी गरि पठाउने व्यवस्थाका लागि तयारी थालिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

व्यापारीसँग मिलेर आवश्यक माग गरिएको उपभोग्य समान सर्वसाधारणकै घरमा पुर्याउने र उतैबाट कम भीडभाडमा लैजान आग्रह गर्ने शाहको भनाई छ । विश्व नै महामारीको प्रकोपमा रहेको बेला सरकारले गरेको निर्णय सबैले मान्नु पर्ने भएकोले बजार पसल सहीत कार्यालय बन्द गर्न अनुरोध नगरपालिकाले गरेको छ ।

नगर क्षेत्रका सबै बजार बन्द गर्ने, नगरपालिकाको कामकाज घरबाटै सञ्चालन गर्ने र कार्यालय बन्द गरि कर्मचारीलाई तयारी अवस्थामा राख्ने, सेवा प्रवाह सहजताका लागि सवारी साधन र स्वास्थ्य कर्मीको टिमनै बनाउने गरि पूर्व तयारी गरिएको बताईएको छ ।

बजारमै आएर उपभोग्य समान खरिदमा रोक लगाएका छौं, कृत्रिम अभाव व्यापारीबाट सिर्जना नगरियोस्, र उपभोग्य समानको अभाव उपभोक्ता अर्थात सर्वसाधारणलाई नहोस् भनेर नै सहजताको बाटो खोजिएको नगर प्रमुख शाहको भनाई छ ।

शाहले बाजुरा स्वास्थ्य चौकी टाँटेसँग रहेका दुबै एम्बुलेन्स तयारी अवस्थामा राखिएको र पैसा अभावमा विरामी बोक्न नसकिने भन्ने अवस्था नरहने बताएका छन् । घरमै बस्न अनुरोध सहीत नगरपालिकाले लक्षण देखिए तत्काल बयालपाटा अस्पतालमा पुर्याउने र क्वारेन्टाइनका लागि स्वास्थ्य चौकी, बडिमालिका क्याम्पस, स्कुलहरुलाई तयारी अवस्थामा राखिएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार