शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला अस्पतालमा हेल्थ डेस्क स्थापना

जिल्ला अस्पतालमा हेल्थ डेस्क स्थापना

  • सोमवार, चैत्र १०, २०७६
जिल्ला अस्पतालमा हेल्थ डेस्क स्थापना

पदमबहादुर सिंह/ बाजुरा १० चैत्र- बाजुरा जिल्ला अस्पतालमा आज देखी हेल्थ डेस्क स्थापना गरिएको छ । बिश्व ब्यापी रुपमा फैलीएको कोरोना भाईरस कोभिड १९ को रोकथापम र जानकारीको लागी अस्पतालको गेटमै डेस्क स्थापना गरिएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले जानकारी दिएका छन् ।
बाजुरा जिल्लाका अन्य स्थानमा स्थापना गरिएका हेल्थ डेस्कमा उपकरण बिनै सोध पुुछ गरेर चेक जाच भईरहेको छ । भने अस्पलतमा स्थपना गरिएको ज्वरो मापन केन्द्र हेल्थ डेस्कमा चाहीने सबै उपकरणहरु रहेको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डक्टर रुपचन्द्र बिश्वकर्माले जानकारी दिए । नभएका हेल्थ डेस्कको लागी उपकरण खोजी रहेको कतै नपाएको उनले बताए ।
महामारी रोकथामको लागि अब अस्पताल प्रेबश गर्दा अनिर्बायरुपमा हेल्थ डेस्कमा चेक गरेर मात्र जानुपर्ने बताए । बिरामीको कुरुवा एक जना भन्दा बाहेक अन्यलाई प्रबेशमा रोक लगाएको छ । अस्पतला प्रबेश गर्दा कुन काम र के प्रयोजनको लागी जानेको हो प्रबेश कार्ड लगेर मात्र जानु पर्ने नियम बनाएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताए । अस्पलता जस्तो समबेदनशिल ठाउमा जो जति खेर पनि जाने आउने गर्दा सुरक्षा र स्वास्थ्यका दृष्टिले राम्रो नहुने भएकोले यस्तो नियम बनाएको थापाले बताए । एक पटक एक जनाले मात्र बिरामीलाई भेट्ने ब्यबस्था बनाउदा अस्पतालमा भिडभाड कम हुने र सरुवा रोगको सक्रमणबाट बच्न र उपचारमा खटिएका स्वास्थ्यकमीहरुलाई समेत सहज हुने उनले बताए ।
डेस्क स्थापना भएसंगै कोभिड १९ को लक्षण देखा परे परामर्स को लागी अलगै ब्यवस्था मिलाएको र जिल्ला अस्पतालमा २ बेडको आईसोलेसन कक्ष अस्थिनै तयार बनाईसकेको र थप तयारीको लागि जिल्ला समन्वय समितिको सभा हलमा २० बेडको आईसोलेसन स्थापनाको लागी तयार भईरहेको अध्यक्ष थापाले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार