शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा स्थापना भएको हेल्थ डेक्समा ज्वरो नाप्ने थर्मामिटर समेत छैन्

बाजुरामा स्थापना भएको हेल्थ डेक्समा ज्वरो नाप्ने थर्मामिटर समेत छैन्

  • आइतवार, चैत्र ९, २०७६
बाजुरामा स्थापना भएको हेल्थ डेक्समा ज्वरो नाप्ने थर्मामिटर समेत छैन्

अछाम र बाजुराको सिमानामा पर्ने डाब बजारमा स्थापना भएको हेल्थ डेक्समा ज्वरो नाप्ने आइआर थर्मामिटर समेत छैन् । बिरामीको तापक्रम जाँच सँगै बाजुरा भित्रने यात्रुहरुका लागि कोरोना भाइरस सम्बन्धि सचेतना दिने उद्देश्यले स्थापना भएको हेल्थ डेक्समा ज्वरो नाप्ने आइआर थर्मामिटर नभएको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।
स्थापना भएको हेल्थ डेक्समा बाजुरामा कति यात्रु भित्रिए रेकर्ड राख्ने काम भन्दा बाहेक केही हुन नसकेको स्थानियले वताएका छन् । आईतवार त एकै पटक धेरै बसहरु आएपछि कति यात्रु आए भन्ने रेकर्ड मात्र राख्ने काम भएको स्वास्थ्यकर्मीले वताएका छन् । आईतवार मात्र ६ सय ७० जनाले जिल्ला भित्रिएका थिए । एकातिर आफु सुरक्षित हुने सामाग्री छ, भने ज्वरो नाप्ने थर्मामिटर छ, अर्को जनशक्क्ति पनि कम भएको संयोजक शाहले वताएका छन् । भारत बाट घर फर्कर्नेको निकै घुईचो रहेको छ, तर हेल्थ डेक्समा आबश्यक सामाग्री नहुँदा स्थानियले सरकारको लार्पवाहि भएको बताएका छन् । डाबबजारमा स्थापना भएको हेल्थडेक्स नामको मात्र भएको एक यात्रुले वताएका छन् ।

स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने ज्वरो नाप्ने थर्मामिटर नभएको स्वीकार गरेका छन् । बजुरा जिल्लाकाे चार नाकामा हेल्थ डेस्क स्थापना गर्ने देबीक उद्धार समितिकाे निर्णयका आधारमा बुढीग‌गा नगरपालिकाकाे डाब बजार सदरमुकाम मार्तडीकाे बसपार्क काेल्टिकाे एर्पाेट जगन्नाथ गाउपालिकाकाे जुड्डीमा स्थापना गर्ने निर्णयकाे आधारमा स्थापना गरिएकाे हाे ।कोल्टि एर्पाेटमा स्थापना गरिएकाे हेल्थ डेस्कमा थर्मामिटर छ तर स्वास्थ्यकर्मी सुरक्षााकाे लागी एप्राेन मास्क पन्जा लगाएतका उपकरण नभएको बुढीन्नदा नगरपालिकाका स्वास्थ्य सहायक स‌योजक ओमज‌ग शाहीले बताए ।  देशभरी नै अभाब छ, कोरोना भाइरस सम्बन्धि जानकारी दिने, सोधपुछ गर्ने, भारत बाट कति जना आए त्यसको अभिलेख राख्ने काम भएको पन्तले वताए । आइआर थर्मामिटर धेरै ठाँउमा खोज्यौ पाएको छैन्, आउने बितिकै ब्यबस्थापन गर्ने उनले वताए ।
शुदुरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) संक्रमण निगरानि तथा रोकथाम सम्बन्धि हेल्थ डेक्स संचालन मार्गदर्शन २०७६ तयार गरेको छ । त्यो अनुसार भने स्थापना भएको हेल्थ डेक्समा कुनै पनि ब्यबस्थापन हुन सकेको छैन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले भन्छन्, हेल्थ डेक्समा लागि चाहिने आबश्यक सामाग्री अभाब भएकोले ब्यबस्थापन गर्न नसकेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार