• होमपेज
  • समाचार
  • कोरोना अपडेट : १८५ देशमा फैलियो, ९२ हजार उपचारपछि निको भए

कोरोना अपडेट : १८५ देशमा फैलियो, ९२ हजार उपचारपछि निको भए

  • शनिबार, चैत्र ८, २०७६
कोरोना अपडेट : १८५ देशमा फैलियो, ९२ हजार उपचारपछि निको भए

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १८५ देशमा फैलिएको छ। शनिबार बिहान ७ बजेसम्म यो समाचार तयार पार्दा विश्वभरमा कोरोना भाइरसको संक्रमण २ लाख ७५ हजार ७ सय ४१ जनामा देखिएको छ।

भाइरसका कारण हालसम्म ११ हजार ३ सय ९७ जनाको मृत्यु भइसकेको छ। यस्तै ९१ हजार ९ सय १२ जना उपचारपछि निको भएका छन्।

शुक्रबार र शनिबार बिहान मात्रै विभिन्न ८६ देशमा गरेर ३० हजार ८ सय ८ जना नयाँ बिरामी थपिएका छन् भने ३७ देशमा १३ सय ६६ जनाको मुत्यु भएको छ।

शुक्रबार सबैभन्दा बढी इटलीमा ५ हजार ९ सय ८६ जना नयाँ संक्रमित बिरामी थपिएका छन्। इटालीमा शुक्रबार मात्र ६ सय २७ जनाको मृत्यु भएको छ। हालसम्म इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ। यस्तै संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ।

स्पेनमा शुक्रबार र शनिबार बिहान ३ हजार ४ सय ३३ जना नयाँ बिरामी संक्रमित भएका छन्। स्पेनमा शुक्रबार र शनिबार बिहान ७ बजेसम्म थप २ सय ६२ जनाको मृत्यु भएको छ। यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ। स्पेनमा हालसम्म संक्रमितको संख्या २१ हजार ५ सय १० पुगेको छ।

त्यस्तै जर्मनीमा ४ हजार ५ सय २८ जना नयाँ बिरामी थपिएका छन्। शुक्रबार र शनिबार बिहान ७ बजेभित्र थप २४ जनाको मृत्यु भएको छ। योसँगै जर्मनीमा संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ भने ६८ जनाको मुत्यु भएको छ।

इरानमा शुक्रबार र शनिबार बिहान मात्र १ हजार २ सय ३७ जना नयाँ बिरामी भेटिएका छन् भने १ सय ४९ जनाको मृत्यु भएको छ। यो सँगै इरानमा १९ हजार ६ सय ४४ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ३३ जनाको मुत्यु भएको छ।

अमेरिकामा शुक्रबारमात्र थप ५ हजार ७ सय ३३ जना नयाँ बिरामी थपिएका छन्। शुक्रबार कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ। हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय २२ पुगेको छ।

त्यस्तै चीनमा शुक्रबार र शनिबार बिहानसम्म ४१ जना नयाँ बिरामी थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ। यो सँगै चीनमा संक्रमित हुनेको संख्या ८१ हजार ८ पुगेको छ भने मुत्यु हुनेको संख्या ३ हजार २ सय ५५ पुगेको छ।

नेपाल अपडेट :

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको आंशकामा शुक्रबार ४० जनामध्ये ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

बाँकी ७ जनाको परीक्षणको रिपोर्ट आज शनिबार आउने प्रयोगशालाले जनाएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बाहिर जिल्लाका विभिन्न अस्पतालबाट परीक्षणका लागि नमूना संकलन भएको थियो।

आजसम्म प्रयोगशालामा विहिबारसम्म ५ सय ७९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ। नेपालमा भएका सबै परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ।

नेपालमा हालसम्म एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी निको भइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार