बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टी बिमानस्थलमा हेल्थ डेस्क स्थापना

कोल्टी बिमानस्थलमा हेल्थ डेस्क स्थापना

  • शनिबार, चैत्र ८, २०७६
कोल्टी बिमानस्थलमा हेल्थ डेस्क स्थापना

बाजुरा ८ चैत्र– बाजुरा जिल्लालको एक मात्र बिमानस्थल कोल्टी बिमान स्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । कोबिड १९ अर्थात कोराना भाइरस चेक जाचँका लागी हेल्थ डेस्कको स्थापना गरिएको हो ।
बाजुरा जिल्लाबाट बाहीर जाने र एयरपोर्टमा आउने सबै जनाको चेक जाँचका लागि हेल्थ डेस्क स्थपाना गरिएको बुढिनन्दा नगरपालिकाका सहायक स्वास्थ्य संयोजक ओमजङ्ग शाहीले बताएका छन् ।


तत्कालका लागि धेरै साम्रगी नभए पनी तापक्रम नाप्ने यन्त्र मात्र भएको र अन्य साम्रगीहरु स्वास्थ्य कार्यालय बाजुराले केही दिनमा उपलब्ध गराउने भएको र त्यस्पछि थप प्रभावकारी सेवा बन्ने शाहीले बताए । हाल बिमान स्थलमा राखीएको हेल्थ डेस्कमा २ जना स्वास्थ्य कर्मी राखीएको सहसंयोजक शाहीले बताएका छन् । सो ठाउँमा राखीएको हेल्थ डेस्कमा ज्वरो नाप्ने, र कोरोना भाइरस सम्बन्धी जानकारी गराउने, कसैलाई सामान्य रुघाखोकी लागेको भए घरमै बस्ने सल्लाह दिने काम भइरहेको स्वास्थ कर्मीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार