शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • स्वामीकार्तिक गाँउपालिकामा २ बच्चा मृत्युको कारण यस्तो छ !

स्वामीकार्तिक गाँउपालिकामा २ बच्चा मृत्युको कारण यस्तो छ !

  • शुक्रबार, चैत्र ७, २०७६
स्वामीकार्तिक गाँउपालिकामा २ बच्चा मृत्युको कारण यस्तो छ !

स्वामीकार्तिक खापर गाँउपालिकामा १ मुक्तिकोट र वडा नम्बर २ पुडेनीमा अज्ञात रोगले दुई जना बालबालिकाको मृत्यु हुँदा सबै तिर त्रास फैलिएको छ । बडिमालिका खबरले मृत्यु हुनुको प्रारम्भिक कारण के थियो भनेर मृतक आफन्त, स्थानिय, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र प्रहरी सँग सोधेका छौ ।
स्वामीकार्तिक खापर गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाका छोरा गम्भिर थापाको उपचारको क्रममा स्थानिय कृष्ण हेल्थ क्लिनिकमा मृत्यु भएको थियो । तिन चार दिन देखि बिरामी रहेको गम्भिरलाई तिन दिन पहिला स्थानिय सामुदायिक स्वास्थ्य केन्द्रमा उपचारमा लगेका थिए । त्यहाँ ठिक नभएपछि ५ गते कृष्ण हेल्थ क्लिनिकमा उपचारमा लगेका थिए ।
मेडिकलमा पुयाउदा बच्चालाई ज्वरो आएको थियो स्वासफेर्न निकै ग्राहो रहेको थियो मेडिकल सञ्चालक तथा अहेब अजय विकले वताए । बच्चालाइ स्वासफेर्न निकै ग्राहो रहेको थियो बाफ दिदाँ पनि लिन सकेन बच्चाको मृत्यु भएको अजय बताँउछन् । उनि भन्छन्, निमोनियाको लक्षण जस्तै थियो, ज्वरो भन्दा पनि बच्चालाइले साँस फेर्न नसकेको कारणले मृत्यु भएको अजय बताँउछन् । मृतक गम्भीर थापाका बुवा चतुरे थापा भन्छन्, रुघाखोकी र निमोनियको जस्तो लक्षण देखा परेको वताउँछन् ।
वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मरा बिकको मृत्यु हुँदा पहिला त्यहि मेडिकलमा उपचार ल्याएका थिए । डम्मरालाई पनि अफ्ठयारो थियो मैले उपचार गर्न नसक्ने बताएको अजय विक बताँउछन् । डम्मरा कुपोषण बाट पनि ग्रसित रहेकी थिईन्, त्यो सँगै ज्वरो खोकी र शरिर सुनिएको उनले वताए । प्रतिरक्षाप्रणाली कमजोर रहेकाले उनलाइ अन्य रोगले संक्रमण गरेर मृत्यु भएको हुन सक्ने उनि बताँउछन् । गाँउमा ज्वरो, खोकीका बिरामी बढिरहेको अजय बताँएछन्, आफ्नो मेडिकलमा पनि उपचार गर्न आउनेको संख्या बढेको बताउँछन् । स्वामीकार्तिक खापर गाँउपालिमा रहेकाे प्रहरी चाैकिका इन्चार्ज कर्ण खत्रिका अनुसार उनि पनि अजय विकले भने अनुसार बताउँछन् ।
रोगले गाउनै थला परेको खबर आएपछि स्वामीकार्तिक खापर गाउपालिका २ बर्खुका स्वास्थ्य चौकी ईन्चार्ज तृर्थ बिकको संयोजगत्वमा टोली पठाएको गाउपालिकाका अध्यक्ष चिरन्जीवी शाहीले जानकारी दिएका छन् । त्यस्तै स्वास्थ्य कार्यलय बाजुराले पनि औषधि सहितको टोलि पठाउने तयार भइरहेको वताएको छ । रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडी मा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले वताए ।
रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन् । रोगले वडा नम्बर २ त पुरै प्रभाबित भएको छ । ज्वरो आउने टाँउको दुख्ने, खोकी लाग्ने हात खुट्टा लगायतका लक्षणहरु देखापरेको स्थानीय आनन्द बुढाले वताए । गाँउमा सबै बिरामी भएपछि दैनिक जिवन यापन नै अस्तब्यस्त रहेको बुढाले वताए ।

चर्चामा

सम्बन्धित समाचार