बिन्ती मेरो कुरा तिमीले, मान सम्झेर
अलि कति देऊ है माया, दान सम्झेर
लटरम्म फल्नेछु, मनको खेतबारीमा
तिम्रै दिलमा रोप्नु मलाई, धान सम्झेर
जता तिमी तेतै म, छायाँ बनि आउछु
तर्सी फेरी नचिच्याउ है?भान सम्झेर
सम्हालेर राख भनि, देको मेरो माया
चपाईचपाई नथुक अन्तै,पान सम्झेर
प्रकाश थापा बाजुरा
बुढीगंगा नगरपालिका 5 हाल काठमाण्डौं