• होमपेज
  • समाज
  • बाजुराको साप्पाटामा अज्ञात रोगले २ जना बच्चाको मृत्यु दर्जनौ बिरामी

बाजुराको साप्पाटामा अज्ञात रोगले २ जना बच्चाको मृत्यु दर्जनौ बिरामी

  • बिहिबार, चैत्र ६, २०७६
बाजुराको साप्पाटामा अज्ञात रोगले २ जना बच्चाको मृत्यु दर्जनौ बिरामी

प्रकाश सिह

बाजुराको स्वामिकार्तिक गाँउपालिकामा अज्ञात रोगले दुई जना वालवालिकाको मृत्यु भएको छ । गाँउपालिका २ पुडेनीका चतुरे थापाको ४ महिनाको छोराको मृत्यु भएको छ भने त्यस्तै वडा नम्बर १ मुक्तिकोटका भर्बले विककी ५ महिनाकी छोरी डम्मकला बिककाे मृत्यु भएको स्थानिय शिक्षक जनेश भण्डारीले वताएका छन् ।
चतुरे थापाको छोराको ५ गते र भर्बल बिककी छोरीको ४ गते मृत्यु भएको हो । स्थानियका अनुसार दुबै जनालाई अत्याधिक ज्वरो आएपछि मृत्यु भएको वताएका छन् । ज्वरो आउने खोकी लाग्ने जस्ता लक्षणहरु देखा परेका थिए। रोगका कारण स्वामीकार्तिक १ को मुक्तिकोट, वडा नम्बर २ को पुडेनी, सुपेना, फयालगाँउ, लौडी मा दर्जनौ बिरामी परेको वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले वताए । राेग एकसाता देखी फैलिएकाे स्थानियले वताएका छन् ।
रुघाखोकीका जस्तै लक्षणहरु देखा परेका छन् । रोगले वडा नम्बर २ त पुरै प्रभाबित भएको छ । फयाल गाँउका स्थानिय तथा गाँउपालिका उपाअध्यक्ष मिमा बुढाका छोरा आनन्द बुढाले फयाल गाँउमा मात्र ६० जना भन्दा बढि बिरामी रहेको वताएका छन् । ज्वरो आउने टाँउको दुख्ने, खोकी लाग्ने हातखुट्टा लगायतका लक्षणहरु देखापरेको उनले वताए । गाँउमा सबै बिरामी भएपछि दैनिक जिवनयापन नै अस्तब्यस्त रहेको आनन्द बुढाले वताए । स्वास्थ्य संस्थामा भने औषधि नरहेको उनले वताए ।
वडा नम्बर १ का अध्यक्ष जनक बहादुर रोकायाले वडा बाट अहेब विर्ज विक प्रभाबित क्षेत्र पठाउन लागेको वताए । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले यो बारेमा जानकारी नआएको बुझ्ने वताए । गाँउपालिका अध्यक्ष चिरिञ्जवि शाहिले मृत्यु भएको र बिरामी भएको खबर आएको बुझेर स्वास्थ्यकर्मी पठाउने वताए ।
एकातिर गाँउभरी बिरामी रहेका छन्, अर्कोतिर औषधि अभाब भएको वडा नम्बर २ मा रहेको सामुदायिक ईकाइ स्वास्थ्य केन्द्रमा वताएको छ । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले आफुलाई कुनै जानकारी नभएको वताएका छन् । स्वामीकार्तिक गाँउपालिका वडा नम्बर १ र २ सदरमुकाम बाट निकै दुर्गम ठाँउ हुन् ।

चर्चामा

सम्बन्धित समाचार