• होमपेज
  • बडिमालिका
  • जढ्यालाई चेक गर्न यन्त्र हस्तान्त्रण

जढ्यालाई चेक गर्न यन्त्र हस्तान्त्रण

  • बुधबार, चैत्र ५, २०७६
जढ्यालाई चेक गर्न यन्त्र हस्तान्त्रण

बाजुरामा बढ्दो मदिरा सेवन कर्तालाई नियन्त्रण गर्न बडिमालिका नगरपालिकाका जिल्ला प्रहरी कार्यालय बाजुरालाईमापसे जाँच गर्ने यन्त्र दिएकाे छ । जिल्ला प्रहरी कार्यालय बाजुरालाई लागु औषध तथा मदिरा सेवन नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले बडीमालिका नगरपालिकाले आवश्यक उपकरण उपलब्ध गरेको छ । मंगलबार आयोजित एक कार्यक्रबीच बडीमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईलाई ब्रेथलाइजर मेसिन तीन थान हस्तानत्रण गरेको नगरप्रमुख बडुवालले जानकारी दिए ।
लागु औषध तथा मदिरा सेवनकै कारण दुर्घटना हुने, समाजमा विकृति फैलिने थुप्रै नराम्रा कार्य हुने भएकोले यस्ता कार्यबाट मुक्त गराउन तथा लागु औषधको कुलतले सवारी दुर्घटना नियन्त्रणमा समेत मद्यत पुर्याउने उद्देश्यले उपकरण उपलब्ध गराईएको बडुवालकाे भनाई छ ।
प्रहरी नायव उपरिक्षक भट्टराईले जिल्ला प्रहरी कार्यालयसंग उक्त उपकरणको समस्या हुने गरेको बताउँदै बडीमालिका नगरपालिकाले सामाजिक उत्तरदायित्व पुरा गरेकोमा धन्यवाद व्यक्त गरे ।
मादक पदार्थ सेवन गरी हो–हल्ला गर्नेलाई प्रहरीले मुख सुघेर पक्राउ गरेको गुनासो पछि अबदेखि आधुनिक मादक पदार्थ सेवन चेक जाँच गर्ने उपकरण प्रयोग गरिन भट्टराईको भनाई छ । समाजमा शान्ति सुव्यवस्था कायम गर्न र सवारी दुर्घटना नियन्त्रण गर्न प्राप्त उपकरणले धेरै हदसम्म सघांउने विश्वास गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार