• होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाका ९७.६ प्रतिशत जनता साक्षर एक कार्यक्रका बिच घोषण गरियो

त्रिबेणी नगरपालिकाका ९७.६ प्रतिशत जनता साक्षर एक कार्यक्रका बिच घोषण गरियो

  • बुधबार, चैत्र ५, २०७६
त्रिबेणी नगरपालिकाका ९७.६ प्रतिशत जनता साक्षर एक कार्यक्रका बिच घोषण गरियो

बाजुरा ५ चैत्र- जिल्लाको त्रिवेणी नगरपालिका मंगलबार एक पुर्ण साक्षर नगर घोषणा गरिएको छ । साक्षर घोषणा गर्न सबै मापदण्ड पुरा गरेपछि नगरपालिका पुर्ण साक्षर घोषणा गरिएको छ ।
त्रिवेणी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामसिहं रावलले नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका ९७ दशमलव ६ प्रतिशत बढी नागरिक साक्षर भएको प्रतिबेदन सार्बजनिक गर्दै नगरपालिकालाई साक्षर घोषणा गरिएको नगर प्रमुख रामसिंह रावलले बताए ।
सरकारी निकाय स्थानिय तह सामाजिक संस्था र विद्यालयहरुको पहलमा साक्षरता कक्षाहरु संचालन गरि नागरिकहरुलाई साक्षर गराइएको रावले बताए । त्रिबेणी नगरपालिकाका ९ आटा वडा पुर्ण साक्षर भए पछि नगरपालिकालाई साक्षर घोषण गरिएको हो ।
नगरपालिकामा रहेका २१ हजार ७ सय ४ जनसंख्या मध्य ८ सय ६६ जना साक्षर रहेको नगरपालिकाका सूचना तथा प्रविधि अधिकृत नरेशराज पन्तले बताए । त्यस्तै १ हजार २ सय २० जना निरक्षर रहेको पन्तले बताए ।
कार्यक्रममा बाल्दै जिल्ला समन्वय समिती प्रमुख नरेन्द्र कुमार रोकायाले त्रिवेणी नगरपालिका पूर्ण साक्षर नगरपालिका भएकोमा बधाई दिदै उनले गुणस्तीय शिक्षालाई जोड दिदै शिक्षामा उज्यालोबाट घर घरमा पुरयाउनु पर्ने बताए ।
नगरप्रमुख रामसिहं रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया प्रमुख अतिथि रहेको कार्यक्रमा अतिथिहरुमा नगर उपप्रमुख राधिका सुनार , प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने, शिक्षा इकाइ समन्वय प्रमुख गोपाल दत्त जोशी लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार