शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • प्रशासकिय अधिकृत खोज्न मन्त्रालय चाहार्दै नगरप्रमुख दिपक बिक्रम शाह

प्रशासकिय अधिकृत खोज्न मन्त्रालय चाहार्दै नगरप्रमुख दिपक बिक्रम शाह

  • मङ्लबार, चैत्र ४, २०७६
प्रशासकिय अधिकृत खोज्न मन्त्रालय चाहार्दै नगरप्रमुख दिपक बिक्रम शाह

बुढिगंगा नरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका लागि नगरप्रमुख दिपक बिक्रम शाह मन्त्रालय धाइरहेका छन् । तिन महिना देखी नगरपालिकामा प्रशासकिय अधिकृत नहुँदा नगरपालिका गतिबिधि अस्तब्यस्त भएपछि शाह अधिकृतका लागि काठमाडौमा मन्त्रालय धाइरहेका छन् ।
नगरप्रमुख शाहले बडिमालिका खबर सँग भने तिन महिना सम्म पनि प्रशासकिय अधिकृत पठाइदिएन्न, पटक पटक फोन र पत्राचार गरेपनि बेवास्ता गरेपछि आफै काठमाडौ पुगेको वताए । दुईतिन दिन देखी मन्त्रालय धाइरहेको छु, पठाउछु भनेको छ तर अहिले सम्म कोही पनि नपठाएको वताए । प्रशासकिय अधिकृतको ब्यबस्थापन नगर्दा सम्म फिर्ता नहुने वताए । नगरपालिकामा सबै थप्प छ, जसरी अधिकृत लियौ भनेर काठमाडौ पुगेको वताए ।
प्रशासकिय अधिकृत नहुँदा तिन महिना देखी सम्पुर्ण आर्थिक कारोवार बन्द भएको छ । प्रमुख प्रशासकिय अधिकृत नहुँदा कर्मचारीले तलब समेत खान पाएका छैनन्, सम्पुर्ण विकासे योजनाहरु प्रभाबित भएको नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । पौषको पहिलो साता निमित्त प्रमुख प्रशासकिय अधिकृत सुनिल ठगुन्ना सरुवा भएपछि प्रशासकिय अधिकृत बिहिन बनेको छ । प्रशासकिय अधिकृत नयाँ नआउदा योजनाहरुको भुक्तानि हुन सकेका छैनन् । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता समेत बितरण हुन नसकेको नगरपालिका लेखापाल पुर्ण जैशीले वताएका छन् । फागुन महिना भित्र सामाजिक सुरक्षा वितरण गरिसक्नु पर्ने हो कार्यकारी आउने कुनै टुंगो छैन्, अन्योलमा रहेको जैशीले थपे ।
तिन साता पहिला सामान्य प्रशासन मन्त्रालयले उपसचिब खेम प्रसाद चौधरी पठाएको समचार आएको थियो । तर उनि पनि नगरपालिका नआएको स्वास्थ्य संयोजक दिपक शाहले वताए । कार्यकारी नहुँदा स्वास्थ्यका सबै गतिबिधि प्रभाबित भएको शाहले वताए । औषधि खरिद देखी लिएर कर्मचारीले तलब खान नपाएको वताए । तत्काल कुनै महामारी फैलिएपनि ब्यबस्थापन गर्न समस्या हुने उनले वताए । सुत्केरी भत्ता समेत वितरण हुन सकेको छैन् ।
शिक्षकले तलब चौमासीक खाने गरको छौ, फागुन महिनामा चार महिनाको तलब खाने गरेका थियौ, कार्यकारी नहुँदा तलब नपाएको सिगाडा माबिका प्रअ बिश्नुध्वज शाहले वताएका छन् । अर्को पाठयपुस्तकको रकम बिद्यालयलाई नहालेको हुँदा नयाँ शैक्षिक सत्रका लागि पाठयपुस्तक खरिदका लागि अन्योलमा रहेको शाहले वताए । नगरपालिकामा काम सकेको योजनाहरुको भुक्तानि नहुँदा कामदारले रकम पाँउन सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार