• होमपेज
  • समाज
  • अमेरिकामा मानिसमाथि कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण शुरु

अमेरिकामा मानिसमाथि कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण शुरु

  • मङ्लबार, चैत्र ४, २०७६
अमेरिकामा मानिसमाथि कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण शुरु

अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो ।

खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यसले कोभिड–१९ रोग भने लाग्दैन ।

यद्यपि, यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । ‘केही गर्नका लागि मेरो लागि यो सुनौलो अवसर थियो,’ जेनिफर हेलरले एपीसँग कुरा गर्दै भनिन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

यसअघि, दादुराजस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भइरसबाट बनाउने गरिन्थ्यो । तर, एमआरएनए खोप भने कोभिड–१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बनाएका हुन् । यसले मानिसको शरीरामा प्रतिरोध क्षमता बढाएर कोरोनाभाइरससँग लड्न मद्दत गर्ने आशा गरिएको छ ।

यसमा स्वयम्सेवकहरुलाई प्रयोगात्मक खोपका विभिन्न डोजहरु दिइएको छ । उनीहरुलाई २८ दिनको फरकमा दुई–दुई पटक खोप दिइनेछ ।

यदी सुरुवाती परीक्षण सफल भए पनि खोपलाई साधारण व्यक्तिलाई दिनका लागि तयार हुन १८ महिनासम्म लाग्ने बताइएको छ । याे खबर राताेपाटी बाट साभार गरिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार