• होमपेज
  • देश
  • काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू

  • मङ्लबार, चैत्र ४, २०७६
काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काभ्रे : सोमबार टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि तनाबग्रस्त बनेको छ ।  स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो ।

सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर टायर बाल्दै विरोध प्रदर्शन गरिरहेका थिए । स्थिति नियन्त्रण बाहिर नजाओस् भनी कर्फ्यू आदेश जारी गरिएको प्रजिअ तिमल्सेनाले बताए। अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार