• होमपेज
  • बाजुरा बिशेष
  • रेडियो बाजुरा १२ बर्ष पूरा गरी १३ बर्षमा प्रबेश

रेडियो बाजुरा १२ बर्ष पूरा गरी १३ बर्षमा प्रबेश

  • सोमवार, चैत्र ३, २०७६
रेडियो बाजुरा १२ बर्ष पूरा गरी १३ बर्षमा प्रबेश

बाजुरा ३ चैत्र- बाजुरा जिल्लाको पहिलो सामुदायिक रेडियो बाजुरा १२ बर्ष पूरा गरि १३ औं बर्षमा प्रबेश गरेको छ । जिल्लामा २०७३ साल चैत्र ३ गतेबाट सेवा प्रारम्भ गरेको रेडियो बाजुराले आज एक कार्यक्रमका बिच बार्षिक उत्सब मनाएको छ ।
रेडियो बाजुराका सन्चालक समितकिा उपाध्यक्ष बिमला थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया रहेको थिए । भने बिशिष्ट अतिथिमा बडिमालिका नगरपाकिलाका नगरप्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने त्यसै गरी अतिथिहरुमा जिल्लाका बिभिन्न पार्टी प्रतिनिधि सरकारी तथा गरैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि जनप्रतिनिधि पत्रकार लगाएरको उपस्थिति रहेको थियो ।
बार्षिक उत्सब कार्यक्रमा बिभिन्न तह र तप्काबाट उपस्थितहरुले शुभकामना दिएका थिए । शुभकामना मन्तब्यमा सबैको जोड रेडियो बाजुरा समुदायको साथि बनिरहेको बताएका थिए । बाजुरा जस्तो भौगोलिक बिकताको बिश्वासिलो तथा संचारको सहज माध्यम रेडियो हुने भएकोले संचार प्रभाहमा सत्यतथ्यमा ध्यान दिनु पर्ने बताएका थिए । समाजको सहजता सरलता रेडियो बन्दै गएको छ । रेडियो सबै बर्गको लागी समान संचार प्रभाब गर्दछ । रेडियोले समाजलाई सकरात्मकता बिकास निमार्णमा सहयोग गर्नु पर्दछ । रेडियोले नबोल्ने जनताको आवाज भन्नु पर्दछ । राज्य संचालनमा सकारात्म भूमीका निर्बाह गर्नु पर्दछ । नागरिकलाई सुसुचित बनाउने गर्नु पर्दछ । रेडियो तथा संचार माध्यमले प्रतिस्प्रधन भन्दा पनि सहकार्यर समन्वयकारी भूमीका निर्बाह गरेर संचार प्रभाह गर्नु पर्नेमा जोड दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार