• होमपेज
  • बाजुरा बिशेष
  • उपचार सहज बनाउन अस्पतालमा जेनेटर जडान

उपचार सहज बनाउन अस्पतालमा जेनेटर जडान

  • सोमवार, चैत्र ३, २०७६
उपचार सहज बनाउन अस्पतालमा जेनेटर जडान

बाजुरा ३ चैत्र – जिल्ला अस्पताल बाजुरामा रहेको बिद्युत्त अनियमित हुन थालेपछि बैकल्पीक उपाएको लागी जेनेटर जडान गरिएको छ । बिद्युत्त नियमित्त नहुने आई हाले पनि भोल्टेज गडबडीले उपकरणहरु बिग्रेनि भएपछि ६२.५ भोल्टेज क्षेमताको जेनेटर जडान गरीएको अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष भरत थापाले जानकारी दिए ।
यो भन्दा पहिला सानो जेनेटरले सामान्य सेवा प्रबाह गरीरहेको भएपनि बिशेष त उक्सरे सेवा प्रभात्ति हुदै आएको थियो । अब त्यो समस्या बिरामीहरुले झेल्नु नपर्ने जिल्ला अस्पलता बाजुराका प्रमुख डा रुपचन्द्र बिश्वकर्माले बताए । जेनेटर संचालन पछि जिल्ला अस्पतालबाट प्रभाह हुने कुनै पनि सेवा अबरोध नहुने जिल्ला अस्पताल बाजुराका प्रमुख बिश्वकर्माले बताए ।
सदरमुकामको बिद्युत्तको कछुवा गतिको कारणले धेरै समस्या झेल्नु परेको बताए । बडिमालिका नगरपालिकाको लप्रबाही हो, बिद्युत्त प्राबिधिकरणको लाप्रबाहीको वा वा हाल संचालन गरीरहेको सस्थाको लाप्रबाही जिल्ला अस्पतालबाट दिईने सेवा प्रभाबित्त हुदै गएकोले अब अस्पतालको क्षेमता अनुसाको सेवामा बिद्युत्तका कारण कुनै समस्या नहुने अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताए ।


जेनेटरको अस्पताल ब्यस्थापन समितिका अध्यक्ष भरत थापाले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै थापाले जिल्ला अस्पताल बाजुरा प्रबिधि मैत्रै बन्दै गएको बताए । सोव चुस्त दुरुस्तको लागी सिसि क्यामरा जडान गरी सकेको र केही समयमै बिरामीहरुको औषधि सेवन नियमित गर्न एसएमएस सेवा सुरु गर्न लागीएको बताए । अस्पतालबाट उपचार गरेर गएको बिरामीलाई समयमा औषधि खान र डक्टरको सल्लाह अनुसार चेकअप फलोप गर्न म्यासेजद्धारा जानकारीको लागी यो सेवा बिस्ता गर्न लागीएको अध्यक्ष थापाले बताए ।
बिद्युत्त लोडसेडिङका कारण धेरै पटक बिरामीहरुले समस्या झेल्नु परेको थियो । अब त्यस्तो समस्या झेल्नु नपर्ने उनले बताए ।
२४ घण्टा सेवा प्रभाको लागी सुदुरपश्चिम प्रदेश सरकारको १५ लाद अथिएक सहयोग र अस्पताल ब्यबस्थापन समितिको पहलमा जेनेटर मेसिन जडान गरीएको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार