शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नगरपालिका तिन महिना देखी प्रमुख प्रशासकिय बिहिन

बुढिगंगा नगरपालिका तिन महिना देखी प्रमुख प्रशासकिय बिहिन

आर्थिक कारोवार बन्द, विकासे योजना प्रभाबित

  • सोमवार, चैत्र ३, २०७६
बुढिगंगा नगरपालिका तिन महिना देखी प्रमुख प्रशासकिय बिहिन

बुढिगंगा नरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा तिन महिना देखी सम्पुर्ण आर्थिक कारोवार बन्द भएको छ । प्रमुख प्रशासकिय अधिकृत नहुँदा कर्मचारीले तलब समेत खान पाएका छैनन्, सम्पुर्ण विकासे योजनाहरु प्रभाबित भएको नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
पौषको पहिलो साता निमित्त प्रमुख प्रशासकिय अधिकृत सुनिल ठगुन्ना सरुवा भएपछि प्रशासकिय अधिकृत बिहिन बनेको छ । प्रशासकिय अधिकृत नयाँ नआउदा योजनाहरुको भुक्तानि हुन सकेका छैनन् । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता समेत बितरण हुन नसकेको नगरपालिका लेखापाल पुर्ण जैशीले वताएका छन् । फागुन महिना भित्र सामाजिक सुरक्षा वितरण गरिसक्नु पर्ने हो कार्यकारी आउने कुनै टुंगो छैन्, अन्योलमा रहेको जैशीले थपे ।
तिन साता पहिला सामान्य प्रशासन मन्त्रालयले उपसचिब खेम प्रसाद चौधरी पठाएको समचार आएको थियो । तर उनि पनि नगरपालिका नआएको स्वास्थ्य संयोजक दिपक शाहले वताए । कार्यकारी नहुँदा स्वास्थ्यका सबै गतिबिधि प्रभाबित भएको शाहले वताए । औषधि खरिद देखी लिएर कर्मचारीले तलब खान नपाएको वताए । तत्काल कुनै महामारी फैलिएपनि ब्यबस्थापन गर्न समस्या हुने उनले वताए । सुत्केरी भत्ता समेत वितरण हुन सकेको छैन् ।
शिक्षकले तलब चौमासीक खाने गरको छौ, फागुन महिनामा चार महिनाको तलब खाने गरेका थियौ, कार्यकारी नहुँदा तलब नपाएको सिगाडा माबिका प्रअ बिश्नुध्वज शाहले वताएका छन् । अर्को पाठयपुस्तकको रकम बिद्यालयलाई नहालेको हुँदा नयाँ शैक्षिक सत्रका लागि पाठयपुस्तक खरिदका लागि अन्योलमा रहेको शाहले वताए । नगरपालिकामा काम सकेको योजनाहरुको भुक्तानि नहुँदा कामदारले रकम पाँउन सकेका छैनन् ।
नगरपालिकामा पटक पटक कार्यकारी नबस्ने समस्या भइरहँदा सम्पुर्ण विकास निर्माणमा समस्या हुदै आएको वडा नम्बर ८ का अध्यक्ष टेक बहादुर रावलले वताएका छन् । नगरप्रमुख दिपक बिक्रम शाहले भने कार्यकारीका लागि काठमाडौ मन्त्रालय धाइरहेको छु, एकदुई दिनमा पठाउने भनेका छन्, कुनै टुंगो नरहेको वताए । जिल्ला समन्वय समितिमा पनि समन्वय अधिकारी नहूँदा कर्मचारीले तलब खान नपाएको समन्वय सभापति नरेन्द्र कुमार रोकायाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार