मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • अलपपत्र बालवालिका एसोएस बालग्राम लुम्बिनिको संरक्षणमा

अलपपत्र बालवालिका एसोएस बालग्राम लुम्बिनिको संरक्षणमा

  • शनिबार, चैत्र १, २०७६
अलपपत्र बालवालिका एसोएस बालग्राम लुम्बिनिको संरक्षणमा

प्रकाश सिंह
जगन्नाथ गाउपालिका ६ गोत्रीका ४ जना अलपत्र बालवालिकालाई एसोएस बालग्रामले संरक्षण गर्ने गरि लगेको छ । बडिमालिका खबर समचार प्रकाशित भएपछि एसोएस बालग्राम लुम्बिनिले पालनपोषण सहित संरक्षण गर्ने गरि लगेको एसोएस बालग्राम लुम्बिनिका साहयक निर्देशक गोबिन्द्र ढकालले वताएका छन् ।
समचार प्रकाशित बास्तवीक अबस्था बुझ्नका एसोएस बालग्रामले स्थलगत अनुगमन पछि बालग्रामले लगेको छ । स्थलगत अनुगमनमा अबस्था निकै नाजुक रहेको पाएपछि संरक्षणका लागि लगेको ढकालले वताएका छन् । स्थलगत अनुगमनमा एसोएस बालग्राम धनगढीका निर्देशक पदम हमाल, एसोएस बालग्राम लुम्बिनिका साहयक निर्देशक गोबिन्द्र ढकाल र लक्ष्मण भण्डारी पिडित बालवालिका घरमा पुगेर स्थलगत अनुगमन गरेको बताएका छन् ।
मंसिर १० गते जगन्नाथ गाउपालिका ६ गोत्रीकी ३५ वर्षियका पुल्ती रावलले छोरा जन्माएको ६ घण्टामै मृत्यु भएको थियो । छोरा भने जिवित नै रहेका छन् । पुल्ति रावलको मृत्यु भएपछि उनकि ९ बर्षकि छोरी सुनिता रावल, ७ बर्ष छोरी निशा रावल ४ को छोरा पारस रावल र तिन महिना नावालक छोरा सहित ४ जना अलपत्र परेका थिए । एसोएस बालग्राम लुम्बिनिले संरक्षण गर्ने गरि लगेको स्थानिय जश बहादुर रावलले वताएका छन् । आमाको पुल्तिको मृत्यु भइसकेको छ भने उनका श्रीमान अम्मर रावल मानसिक रुपमा ठिक नभएको घरमा पनि बस्ने नगरेको उनले वताए । चार जना भाइबहिनि ठुलो बुवा नरजङ्ग रावलको परीवार सँग बसिरहेका थिए, नाबालक शिशुलाई गाँउबाट दुध मागेर खुवाइरहेका थिए ।
४ जना वालवालिका अलअपत्र परेको समचार प्रकाशित पछि देश र बिदेशमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेको थिए । समचारमा भाइबहिनि अलपत्र परेको समचार आएपछि सहयोग गरेको हंकङ बाट अनिता अन्छङवे लिम्बुले वताएकि छन् । गोत्रि गाँउ बाजुराको सर्वाधिक विकटमा रहेको गाँउ हो । पुल्ती रावलको परिवारको आर्थिक अबस्था पनि निकै कमजोर रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार