• होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओली अस्पतालबाट फर्किए

प्रधानमन्त्री ओली अस्पतालबाट फर्किए

  • शुक्रबार, फाल्गुन ३०, २०७६
प्रधानमन्त्री ओली अस्पतालबाट फर्किए

काठमाडौँ ३० फागुन, —  प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गरी केहीबेरमा अस्पतालबाट बालुवाटार फर्कने भएका छन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १० औँ दिन शुक्रबार अस्पतालबाट निवास फर्कन लागेका हुन ।
प्रधानमन्त्रीले पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । ओलीको २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीलाइ उनको भान्जी पर्ने मसिक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार