बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • क्यानाडाका प्रधानमन्त्री पत्नी सोफी कोरोनाबाट संक्रमित

क्यानाडाका प्रधानमन्त्री पत्नी सोफी कोरोनाबाट संक्रमित

  • शुक्रबार, फाल्गुन ३०, २०७६
क्यानाडाका प्रधानमन्त्री पत्नी सोफी कोरोनाबाट संक्रमित

एजेन्सी- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन्।

समाचार एजेन्सी एएफपीका अनुसार सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रमबाट फर्किएकी थिइन्। त्यसपछि उनलाई फ्लू जस्तो लक्षण देखिएकाे थियाे।

डाक्टरहरूले उनकाे नमूना लिए र ती परीक्षणमा कोरोना भाइरस पाेजेटिभ देखिएकाे हाे। प्रधानमन्त्री ट्रूडो र उनकी पत्नी केही समयको लागि अब अलग्गै बस्नेछन्।

बीबीसीका अनुसार प्रधानमन्त्रीका सञ्चार निर्देशकले जारी गरेकाे विज्ञप्तिमा सोफी ट्रूडोकाे स्वस्थ अवस्था सामान्य रहेकाे उल्लेख छ।

चर्चामा

सम्बन्धित समाचार